Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत 


    बुधबार, भाद्र ३ २०८३
    285
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। बुधबारको प्रदेश सभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन्।

    मुख्यमन्त्री भट्टले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ३१ मत खसेको सभामुख भीमबहादुर भण्डारीले घोषणा गरे।

    मुख्यमन्त्री भट्टको पक्षमा १६ र विपक्षमा १५ मत खसेको छ। मत विभाजनमा ४६ सांसद सहभागी भएका थिए।

    २९ साउनमा नेकपा संसदीय दलका नेता भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

    ५३ प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा नेपाली कांग्रेसका १७ र राप्रपाका १ सांसद छन्। २ प्रदेशसभा रिक्त छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार