Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • ललितपुर अदालतले श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार


    मंगलबार, भाद्र २ २०८३
    445
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ।

    श्रेष्ठविरुद्ध पक्राउ पुर्जी माग गर्दै ललितपुर प्रहरी सोमबार र मंगलबार अदालत पुगेको थियो। तर, आवश्यक कागजात पेस नभएको भन्दै अदालतले प्रहरीको माग फिर्ता पठाएको हो।

    ललितपुर जिल्ला अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले आवश्यक प्रक्रिया पूरा नभएकाले पक्राउ पुर्जी जारी नगरिएको जानकारी दिए।

    “हिजो पनि आएका थिए। आज पनि पक्राउ पुर्जीको माग लिएर आए। आवश्यक कागजातविना यत्तिकै पक्राउ पुर्जी जारी गर्न नमिल्ने भनेर प्रहरीलाई फिर्ता गरिएको हो,” कार्कीले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार