काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालय अन्तर्गतका महाशाखा र शाखा प्रमुखको सरुवा र औषधि ब्यवस्था बिभागका केही अधिकारीको जिम्मेवारी हेरफेर गरेकी छन् ।
भरतपुर अस्पतालका डा. ओम अर्याललाई परिवार कल्याण महाशाखाको प्रमुखमा ल्याइएको छ । परिवार कल्याणका डा. मदन उपाध्यायलाई वीर अस्पतालमा सरुवा गरिएको छ । स्वास्थ्य आपूर्ति शााखाको प्रमुखमा दया पन्त र नीति तथा योजनाको उपसचिवमा धनेश्वर पौडेललाई ल्याइएको छ ।
मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक तथा सहप्रवक्ता डा. समीरकुमार अधिकारीलाई स्वास्थ्य सेवा बिभागअन्तर्गत सरुवा गरिएको छ ।
त्यसैगरी, औषधि व्यवस्था विभागमा कार्यरत तीन जना बरिष्ठ अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।
१९ साउनको मन्त्रिस्तरीय निर्णयका आधारमा विभागका बरिष्ठ औषधि व्यवस्थापक किरणसुन्दर बज्राचार्यलाई राष्ट्रिय औषधी प्रयोगशालाको जिम्मा दिइएको छ ।
प्रयोगशालाकी औषधी व्यवस्थापक संगिता साहलाई विभागको वीरगञ्ज शाखामा खटाइएको छ । यस्तै विभागको वीरगञ्ज शाखाको नेतृत्व गरेका औषधि व्यवस्थापक शम्भु साहलाई औषधि व्यवस्था विभागमा ल्याइएको छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend