काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालय अन्तर्गतका महाशाखा र शाखा प्रमुखको सरुवा र औषधि ब्यवस्था बिभागका केही अधिकारीको जिम्मेवारी हेरफेर गरेकी छन् ।
भरतपुर अस्पतालका डा. ओम अर्याललाई परिवार कल्याण महाशाखाको प्रमुखमा ल्याइएको छ । परिवार कल्याणका डा. मदन उपाध्यायलाई वीर अस्पतालमा सरुवा गरिएको छ । स्वास्थ्य आपूर्ति शााखाको प्रमुखमा दया पन्त र नीति तथा योजनाको उपसचिवमा धनेश्वर पौडेललाई ल्याइएको छ ।
मन्त्रालयका बरिष्ठ स्वास्थ्य प्रशासक तथा सहप्रवक्ता डा. समीरकुमार अधिकारीलाई स्वास्थ्य सेवा बिभागअन्तर्गत सरुवा गरिएको छ ।
त्यसैगरी, औषधि व्यवस्था विभागमा कार्यरत तीन जना बरिष्ठ अधिकारीहरुको जिम्मेवारी हेरफेर गरिएको छ ।
१९ साउनको मन्त्रिस्तरीय निर्णयका आधारमा विभागका बरिष्ठ औषधि व्यवस्थापक किरणसुन्दर बज्राचार्यलाई राष्ट्रिय औषधी प्रयोगशालाको जिम्मा दिइएको छ ।
प्रयोगशालाकी औषधी व्यवस्थापक संगिता साहलाई विभागको वीरगञ्ज शाखामा खटाइएको छ । यस्तै विभागको वीरगञ्ज शाखाको नेतृत्व गरेका औषधि व्यवस्थापक शम्भु साहलाई औषधि व्यवस्था विभागमा ल्याइएको छ ।
काठमाडौं । स्वास्थ्य सेवा बिभागको महानिर्देशक पद डेढ महिनादेखि रिक्त छ । ६० बर्षे उमेर हदका कारण डा. केशर ढकाल गएको असार ५ गते...
काठमाडौं । सरकारले तीन प्रतिष्ठानमा कुलपति, उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का बरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकार करारमा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउने निर्णयबाट पछि हटिसकेको छ । र, सरकारी...
काठमाडौं । बजारमा खाना पकाउने एलपीजी ग्याँसको हाहाकार छ । टेकू र बालाजुमा ग्याँसको लागि सयौं नागरिक हरेक दिन बिहानदेखि लाइनमा लाग्ने गरेका छन्...
काठमाडौं । सडक विभागका महानिर्देशक डा. विजय जैशीको व्यवहारदेखि स्वयम् विभाग मातहतकै आयोजना तथा डिभिजन कार्यालयका प्रमुखहरु आजित भएका छन् । पूर्वाधार विकास मन्त्री सुनिल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend