काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुशासनको खिल्ली उडाउँदै कनिष्ट चिकित्सकलाई कोशी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवको जिम्मेवारी दिएकी छन् । ११ औं तहमा बढुवा भएको ३ महिनामात्र भएका डा. कीर्तिपाल सुवेदीलाई मन्त्री मेहताले कोशी प्रदेशको सचिवको जिम्मेवारी दिएकी हुन् ।
डा कीर्तिपाल सुवेदी नेपाल स्वास्थ्य सेवा अन्तर्गत अब्स्ट्रेटिक्स तथा गाइनोकोलोजी समूहबाट २०८२ चैतमा मात्र एघारौँ तहमा बढुवा भएका हुन् । कन्सल्टेन्ट अब्स्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट पदमा उनको बढुवा भएको हो ।
५ बर्षदेखि १० बर्षअघि ११ औं तहमा बढुवा भएका ५० जनाभन्दा बढी चिकित्सकसहितका स्वास्थ्यका अनुभवी कर्मचारी हुँदाहुँदै ३ महिनाअघि मात्र बढुवा भएका सुवेदीलाई सचिव बनाइएको छ ।
बढुवा भएको एक बर्षसम्म परीक्षणकाल हुन्छ । तर सुवेदीलाई परीक्षणकालमै कोशीको स्वास्थ्य सचिव बनाइएको छ । तर १० बर्षअघि ११ औं तहमा बढुवा भएका चन्द्रपाल झालाई कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट(मेसु) मा सरुवा गरिएको छ । जबकि उनले मेसुमा नपठाउन मन्त्री मेहतालाई अनुरोध गरेको मन्त्रालयका अधिकारी बताउँछन् ।
इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाको निर्देशकदेखि स्वास्थ्य सेवा बिभागको निमित्त महानिर्देशकको नेतृत्व गरिसकेका झालाई कोशीको मेसुमा जबर्जस्ती पठाइएको छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयमा कनिष्ट सुवेदी सचिव भएका छन् । तर उनीभन्दा ११ बर्ष बरिष्ठ झालाई कोशी अस्पतालको मेसुमा पठाएर मन्त्री मेहताले सुशासनको धज्जी उडाएकी छन् । र, बरिष्ठ चिकित्सकको अपमान गरेकी छन् ।
डा. सुवेदी रास्वपा महामन्त्री बिपिनकुमार आचार्यको जिल्ला दाङका भएकाले मन्त्री मेहताले उनलाई सचिव बनाएको चर्चा छ । महामन्त्री आचार्यलाई खुसी पार्न जुनियर सुवेदीलाई सचिव बनाएर बरिष्ठ डाक्टरको अपमान गरेको आरोप पनि मन्त्री मेहतामाथि लागेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अनुभवी र बरिष्ठ चिकित्सक पर्याप्त हुँदाहुँदै ३ महिनाअघिमात्र बढुवा भएका अति कनिष्ट सुवेदीलाई कोशी प्रदेशको सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो । भूमिब्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि कनिष्ट चिकित्सकको सिफारिस गरेको भन्दै स्वास्थ्यकर्मीहरुमा असन्तुष्टि ब्याप्त छ ।
अनुभवी र बरिष्ठ चिकित्सक ५० भन्दा बढी हुँदाहुँदै भर्खर बढुवा भएका अनुभवहीनलाई मन्त्रालयको सचिव बनाएको बिषयमा प्रतिनिधिसभादेखि कोशी प्रदेशसभामा समेत सांसदहरुले सरकारसँग प्रश्न गर्ने भएका छन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend