काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न विशेष अदालतले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
बिशेषको आदेशसँगै सशस्त्रको यो प्रकरणको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरी मुद्दा चलाउने भएको छ । यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंले ठगी तथा आपराधिक लाभ मुद्दामा अनुसन्धान गरिरहेको थियो । तर बिशेष अदालतको आदेशसँगै अख्तियारले भ्रष्टाचारमा अनुसन्धान सुरु गरेको छ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले दुवै जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सशस्त्र प्रहरीकै पत्रका आधारमा उनीहरू गत २० असारमा पक्राउ परेका थिए ।
सशस्त्र प्रहरीले आन्तरिक रूपमा छानबिन गरी ११ करोड रुपैयाँ हिनामिनामा इन्स्पेक्टर गुरुङको मात्र संलग्नता रहेको निष्कर्ष निकालेको छ । तर अख्तियारले छानबिन गरेसँगै विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिगबिजय सुवेदीसहित यसअघिका लेखा अधिकृत महेन्द्र हमालहरु समेत तानिने भएका छन् ।
लीलाबहादुर लामा उर्फ टासीलाई ११ करोड रुपैयाँ विद्यालयकी लेखापाल कल्पना गुरुङले मात्र दिन नसक्ने, यो प्रकरणमा कमान्डेन्ट रहेका दिग्बिजय सुवेदी (हाल सुदूरपश्चिमका डीआईजी) देखि भूपेन्द्र केसी, हमालहरुको समेत मिलेमतो रहेको स्रोत बताउँछ ।
डीआईजी सुवेदीमात्र होइन, लीला लामाको कनेक्सन पूर्वआईजीपी शैलेन्द्र खनालसँग पनि घनिभूत रहेको स्रोत बताउँछ । लामाको लाजिम्पाटमा रहेको भौडे ब्रान्डको ज्याकेट र जुत्ता सशस्त्रका उल्लेखित पात्रहरुले उपहारकै रुपमा लाने गरेको आरोप पनि छ ।
कल्पना गुरुङभन्दा अगाडि उक्त स्कुलको लेखा अधिकृतका रुपमा कार्यरत इन्स्पेक्टर महेन्द्र हमाल पनि मिटरब्याज प्रकरणमा छानबिनमा परेका छन् । उनी पनि उक्त स्कुलमा लामो समय लेखा प्रमुखका रुपमा कार्यरत थिए । छानबिनमा पर्नुपर्ने हमाललाई सशस्त्रको उच्च नेतृत्वले जोगाउन खोजे पनि अख्तियारले छानबिन गर्ने भएपछि सशस्त्रका अधिकारीहरु तनावमा परेको बताइन्छ ।
सशस्त्रको स्कुलको कोषको रकम सापटीमा मुछिएका हमाललाई आर्थिक प्रशासनका एसएसपी ज्ञवालीको सिफारिसमा हालसालै सशस्त्रको महत्वपूर्ण मानिने एपीएफ अस्पतालको लेखाप्रमुखमा सरुवा गरिएको छ ।
त्यसो त सशस्त्र प्रहरीले बिद्यालयको हिनामिना भएको एकीन रकमको विवरण समेत अहिलेसम्म नदिएको आरोप छ । केही मिडियाले स्कुलको ११ करोड लामालाई मिटरब्याजमा दिएको भन्ने समाचार प्रकाशित गरिरहेका छन् भने कुनै संचारमाध्यममा ४ करोड ५० लाखमात्र हिनामिना भएको समाचार आएको छ ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । मिटरब्याजीमाथि कडा कारबाही गर्ने अभियानमा सरकार लागेको छ । सरकार एक्सनमा उत्रिन लागेपछि मिटरब्याजका नाइकेहरु एकपछि अर्को फरार हुन थालेका छन् । क्यासिनोमा...
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend