काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारका युवा, श्रम तथा रोजगार मन्त्री दीपककुमार साह १३ दिनमै बर्खास्त भए । श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य वीमा बोर्डको सदस्यमा पुनर्नियुक्ति गरेको बिषयमा मिडियाबाजी भएपछि उनलाई पदमुक्त गरिएको थियो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई सचेत गराइएको थियो । सभापति रवि लामिछानेले पार्टीको लेटरप्याडमै साहलाई पदमुक्त गर्न र मेहतालाई सचेत गराउन प्रधानमन्त्री शाहलाई निर्देशन दिएका थिए ।
ब्यवसायी दीपक भट्टको लघु वीमा कम्पनीका करोडौं मूल्यका सेयरको विवादमा गृहमन्त्री सुधन गुरुङलाई राजीनामा गर्न पनि पार्टीले निर्देशन दिएको थियो । तर, उनलाई पुनः गृहमन्त्रीमा ल्याउन एक छानबिन समिति बनाइयो । र, समितिले सुधनको अपारदर्शी सम्पत्ति र सेयरलाई प्रणालीलाई दोष दिंदै चोख्याएको छ ।
तर, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आइतबार नौबिसे–मलेखु सडकखण्डको निरीक्षणका क्रममा बिजुलीका पोल सार्ने जिम्मा पाएका ठेकेदारको खुट्टा भाँच्ने धम्की दिंदा पनि रास्वपा मौन रहेको छ ।
मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने अराजक अभिब्यक्ति दिएको ४ दिनसम्म रास्वपाले उनलाई बर्खास्त गर्नका लागि निर्देशन दिने होइन, सचेतसम्म गराउन सकेको छैन । प्रधानमन्त्री वालेन्द्र शाहका सबैभन्दा निकट मन्त्री लम्सालले दिएको अराजक अभिब्यक्तिको सर्वत्र बिरोध हुँदा पनि रास्वपाको धारणा आउन सकेको छैन ।
वालेन्द्र शाहले चुनावअघि सुदूरपश्चिममा गएर समयमा काम नगर्ने ठेकेदारलाई रुखमा बाँध्ने अभिब्यक्ति दिएका थिए । उनका निकट लम्सालले खुलेआम सार्वजनिक ठाउँमा ठेकेदारको खुट्टा भाँच्ने धम्की दिएका छन् । तर रास्वपा चुप छ । समयमा काम नगर्ने ठेकेदारलाई कानुन अनुसार कारबाही गर्नुपर्छ । तर खुट्टा भाँच्ने धम्की त्यो पनि मन्त्रीले दिंदा पनि रास्वपा मौन छ ।
अघिल्लै सरकारले नियुक्त गरेकी श्रीमती जुनु श्रेष्ठलाई वीमा बोर्डको सदस्यमा निरन्तरता दिएबापत दीपक साह मन्त्रीबाट राजीनामा समेत दिन नपाई बर्खास्त हुने तर खुट्टा भाँच्ने अराजक अभिब्यक्ति दिने मन्त्री लम्साललाई सचेत सम्म गराउन रास्वपाले नसक्नुलाई ‘सानालाई ऐन ठूलालाई चैन’ भन्ने उखान चरितार्थ गरेको छ । वालेन्द्र शाहले महानगर प्रमुख हुँदादेखिका अति निकट सुनिल लम्साललाई पदमुक्त त के सचेतसम्म गराउने हिम्मत पनि सभापति लामिछानेमा देखिएको छैन ।
मन्त्री भएर खुट्टा भाँच्ने धम्की दिने लम्साललाई सचेत गराएर लामिछाने प्रधानमन्त्री वालेन्द्रलाई चिढ्याउने पक्षमा देखिएका छैनन् । आइतबारै खुट्टा भाँच्ने अभिब्यक्ति दिएर नौबिसे–मलेखु सडकखण्डको निरीक्षण सकी फर्किएका पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई प्रधानमन्त्री साहले अंगालो हालेर ‘देश बनाउने टोली’ रुपमा सामाजिक संजालमा फोटो पोष्ट गरेका थिए । गृहमन्त्री सुधन गुरुङसहित लम्साललाई अँगालो हालेको फोटो वालेन्द्रले फेसबुकमा राखेका थिए ।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend