काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नापी विभागले विकास गरेको मेरो कित्ता मोवाईल एप एक समारोहका बीच सार्वजनिक गर्नुभएको छ ।
बिहीबार सार्वजनिक गरिएको मोवाइल एपबाट सेवाग्राहीले घरमै बसी नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिष्टर उतार, फिल्ड रेखांकन सेवाका लागि घरबाटै निवेदन दिन सक्नेछन् । मोवाइल एपबाटै राजस्व तिर्न सकिने र नक्सा, फिल्डबुक, प्लट रजिष्टर डाउनलोड गरी आवश्यकता अनुसार प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ ।
उक्त एप मोवाइलको प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । साथै मेरो कित्ता बेव भर्सनमा पनि उपलब्ध छ । मन्त्री रावलले पद सम्हालेपछि जनसम्पर्क हुने कार्यालयमा हुने ढिलासुस्ती र अनियमितता हटाउने र अनलाइन सेवालाई प्रभावकारी बनाउने क्रमा सुरु भएको छ । नापी बिभागले आज सार्वजनिक गरेको मेरो कित्ता एप सुशासनका दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ ।
मेरो कित्ता मोवाइल एपबाट कार्यालयमा आवेदन गरिसकेपछि सिष्टमबाट ओटीपी उपलब्ध हुनेछ । कामको प्रगति नियमित अपडेट हुनेछ । ओटीपी र मोवाइल नम्बर प्रयोग गरी कामको प्रगति हेर्न सकिनेछ ।
ईसेवा, खल्ती, कनेक्ट आईपीएस प्लेटफर्म प्रयोग गरी फिल्ड रेखांकनका लागि राजस्व तिर्न सकिनेछ ।
नापी कार्यालयमा सम्पर्क गर्नुपरेमा सम्बन्धित कार्यालयका कार्यालय प्रमुख एवं सूचना अधिकारीको सम्पर्क नम्बर समेत पनि मेरो कित्ता एपबाट प्राप्त गर्न सकिने नापी बिभागले जनाएको छ ।
काठमाडौँ। आगामी कात्तिक १५ गतेदेखि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend