काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नापी विभागले विकास गरेको मेरो कित्ता मोवाईल एप एक समारोहका बीच सार्वजनिक गर्नुभएको छ ।
बिहीबार सार्वजनिक गरिएको मोवाइल एपबाट सेवाग्राहीले घरमै बसी नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिष्टर उतार, फिल्ड रेखांकन सेवाका लागि घरबाटै निवेदन दिन सक्नेछन् । मोवाइल एपबाटै राजस्व तिर्न सकिने र नक्सा, फिल्डबुक, प्लट रजिष्टर डाउनलोड गरी आवश्यकता अनुसार प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ ।
उक्त एप मोवाइलको प्लेस्टोरबाट डाउनलोड गर्न सकिन्छ । साथै मेरो कित्ता बेव भर्सनमा पनि उपलब्ध छ । मन्त्री रावलले पद सम्हालेपछि जनसम्पर्क हुने कार्यालयमा हुने ढिलासुस्ती र अनियमितता हटाउने र अनलाइन सेवालाई प्रभावकारी बनाउने क्रमा सुरु भएको छ । नापी बिभागले आज सार्वजनिक गरेको मेरो कित्ता एप सुशासनका दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको छ ।
मेरो कित्ता मोवाइल एपबाट कार्यालयमा आवेदन गरिसकेपछि सिष्टमबाट ओटीपी उपलब्ध हुनेछ । कामको प्रगति नियमित अपडेट हुनेछ । ओटीपी र मोवाइल नम्बर प्रयोग गरी कामको प्रगति हेर्न सकिनेछ ।
ईसेवा, खल्ती, कनेक्ट आईपीएस प्लेटफर्म प्रयोग गरी फिल्ड रेखांकनका लागि राजस्व तिर्न सकिनेछ ।
नापी कार्यालयमा सम्पर्क गर्नुपरेमा सम्बन्धित कार्यालयका कार्यालय प्रमुख एवं सूचना अधिकारीको सम्पर्क नम्बर समेत पनि मेरो कित्ता एपबाट प्राप्त गर्न सकिने नापी बिभागले जनाएको छ ।
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
एजेन्सी । भारतको मध्य प्रदेशमा नक्कली मदिरा सेवनबाट पछिल्ला केही दिनमा करिब १५ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति सरकारी अस्पतालमा...
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म १ हजार ३५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend