Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • जातीय विभेदको अन्त्य कानुन बनाएर मात्र हुँदैन: आङ्देम्बे


    बिहिबार, जेष्ठ २१ २०८३
    190
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस औपचारिक उत्सवका रूपमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको दिन बन्नुपर्ने बताएका छन्।

    जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस- २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले समाजमा विद्यमान जातीय विभेद र छुवाछुतका घटनाले कानुनी तथा संवैधानिक व्यवस्था मात्र पर्याप्त नरहेको सन्देश दिएको उल्लेख गरेका छन्।

    उनले नेपाललाई २०६३ जेठ २१ गते ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरिएको र त्यसलाई थप संस्थागत गर्न वि।सं। २०६८ जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछुत ९कसुर र सजाय) ऐन, २०६८’ जारी गरिएको स्मरण गराएका छन्।

    यी ऐतिहासिक कदमले समानता, मानव अधिकार र सामाजिक न्यायप्रति राज्यको प्रतिबद्धता स्पष्ट गरेको उनले उल्लेख गरेका छन्।

    आङ्देम्बेले संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरेको भए पनि समाजका विभिन्न तहमा जातीय भेदभाव तथा छुवाछुतका घटना अझै देखिनु दुःखद रहेको बताएका छन्।

    यस्ता अमानवीय व्यवहारले मानव मर्यादा, सामाजिक सद्‌भाव र लोकतान्त्रिक मूल्य मान्यतामा आघात पुर्‍याउने उनले उल्लेख गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार