काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस औपचारिक उत्सवका रूपमा सीमित नभई विभेद अन्त्यको सामूहिक प्रतिबद्धताको दिन बन्नुपर्ने बताएका छन्।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस- २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले समाजमा विद्यमान जातीय विभेद र छुवाछुतका घटनाले कानुनी तथा संवैधानिक व्यवस्था मात्र पर्याप्त नरहेको सन्देश दिएको उल्लेख गरेका छन्।
उनले नेपाललाई २०६३ जेठ २१ गते ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरिएको र त्यसलाई थप संस्थागत गर्न वि।सं। २०६८ जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछुत ९कसुर र सजाय) ऐन, २०६८’ जारी गरिएको स्मरण गराएका छन्।
यी ऐतिहासिक कदमले समानता, मानव अधिकार र सामाजिक न्यायप्रति राज्यको प्रतिबद्धता स्पष्ट गरेको उनले उल्लेख गरेका छन्।
आङ्देम्बेले संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरेको भए पनि समाजका विभिन्न तहमा जातीय भेदभाव तथा छुवाछुतका घटना अझै देखिनु दुःखद रहेको बताएका छन्।
यस्ता अमानवीय व्यवहारले मानव मर्यादा, सामाजिक सद्भाव र लोकतान्त्रिक मूल्य मान्यतामा आघात पुर्याउने उनले उल्लेख गरेका छन्।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend