काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भनेर दिएको अभिव्यक्ति राष्ट्रघाती भएको बताएका छन्।
बुधबारदेखि काठमाडौँमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहमा बोल्दै ओलीले प्रधानमन्त्री बालेनलाई जथाभावी गनर्न र नबोल्न चेतावनी दिए।
‘नेपालले कसैको एकइन्च जमिन पनि मिचेको छैन। बालेनले कसको हितमा बोले त्यो कुरा,’ उनले प्रश्न गरे, ‘देश द्रोही अभिव्यक्ति उनले दिएका छन्। यो मान्य छैन।’
ओलीले अरु देशलाई हाम्रो सीमा विवादमा जोड्नु जरुरी नभएको बताए।
‘अरु देशलाई हाम्रो सीमा विवादमा जोड्नु जरुरी छैन,’ ओलीले भने, ‘प्रधानमन्त्री संवाद भइरहेको छ भन्छन्। अर्को देशलाई किन सामेल गर्नेरु यति अराजनीतिक, अकुटनीतिक कुरा पनि बोलिन्छ ?’
उनले छिमेकीहरुबीच कुनै विवाद पर्यो भने दुईपक्षीय बसेर समाधान गरिनुपर्ने उनले बताए।
बालेनको नाम लिँदै ओलीले भने, ‘नेपाल तपाईको घर मात्रै होइन। तपाई जन्मिनुभन्दा धेरै अघि देखिको देश हो नेपाल। गाई कि त्रिशूल जस्तो गरेर आएका प्रधानमन्त्रीलाई देशमा जथाभावी गर्न दिइने छैन।’
ओलीले सेनाको भूमिकाप्रति पनि प्रश्न गरे। सेना बालेनको पक्षमा र सुकुम्बासीको विपक्षमा देखिएको आ।रोप उनले लगाए। ‘सेना निस्पक्ष भएन,’ उनले भने।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend