काठमाडौँ । राष्ट्रिय सभामा आज पनि प्रधानमन्त्री वालेन्द्र शाहको हालैको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले विरोध जनाएका छन्। बैठक प्रारम्भ हुनासाथ सांसदहरू उभिएर असहमति प्रकट गरेपछि कार्यवाही प्रभावित भएको हो।
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिलाई अस्वीकार्य भन्दै लगातार विरोध जारी राख्दै आएका छन्। सोही कारण अघिल्ला दुई बैठकहरूमा पनि कार्यसूची अघि बढ्न नसकेको संसदीय गतिविधिले देखाएको छ।
गत आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा सम्बन्धी विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने धारणा राखेका थिए। सो क्रममा उनले सीमासम्बन्धी प्रसंग उल्लेख गर्दै दुवै देशबीच कतिपय स्थानमा भूमि अतिक्रमणसम्बन्धी अवस्था रहेको टिप्पणी गरेका थिए।
त्यही अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभामा विपक्षी दलहरूले आपत्ति जनाउँदै आएका छन्। आजको बैठक पनि सोही विवादका कारण अवरुद्ध बनेको हो।

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend