काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले सिंहदरबार गेट अगाडि विरोध प्रदर्शन गरेका छन्।
प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको भनाइलाई गैरजिम्मेवार भन्दै नाराबाजीसहित विरोध जनाएका थिए। उक्त अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा देखिएको विवादकैबीच सडकस्तरमा पनि असन्तुष्टि प्रकट भएको हो।
प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्दै नेविसंघका छ जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाखेती र गौरव पाण्डे रहेका छन्।
नियन्त्रणमा लिइएका उनीहरूलाई भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा राखिएको प्रहरीले जनाएको छ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend