काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल-भारत सीमा विवादसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति र संसद्मा बहुमतको बलमा नियमावली पारित गरिएको घटनाप्रति आपत्ति जनाएका छन्।
कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत रुपन्देहीमा आज सोमबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै थापाले सीमा अतिक्रमण, ‘क्रस बोर्डर अकुपेसन’ तथा नेपाल-भारत सीमा विवादजस्ता संवेदनशील विषयमा पर्याप्त तथ्य, प्रमाण र दस्ताबेजबिना प्रधानमन्त्रीले अभिव्यक्ति दिएको आरोप लगाएका हुन्। उनले प्रधानमन्त्रीको भनाइ राजनीतिक सुझबुझको अभाव र ऐतिहासिक तथ्यको अपमान भएको टिप्पणी गरे।
‘तथ्य, प्रमाण र दस्ताबेजबिना प्रधानमन्त्रीले यस्तो बोल्नु राष्ट्रहितविपरीत छ,’ थापाले भने, ‘संसद्बाट सर्वसम्मत रूपमा पारित भएको नेपालको नक्सा र त्यसका आधारहरूलाई बेवास्ता गर्नु स्वीकार्य हुन सक्दैन।’
प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा चोट पुगेको दाबी गर्दै उनले यसलाई ‘राष्ट्रिय लज्जाको विषय’ को संज्ञा दिए। प्रधानमन्त्रीले संसद्मा उपस्थित भई आफ्नो भनाइबारे स्पष्ट पार्दै नेपाली जनतासँग माफी माग्नुपर्ने उनको माग छ।
यसैबीच थापाले प्रतिनिधिसभामा सत्तापक्षले बहुमतको बलमा प्रतिनिधिसभा नियमावली पारित गरेको घटनालाई संसद्को इतिहासमा ‘कालो दिन’ को रूपमा चित्रण गरे। विपक्षी दलको असहमति बेवास्ता गर्दै नियमावली पारित गरिएको आरोप लगाउँदै उनले उक्त विषय अदालतसम्म लैजाने बताए। ‘हिजो संसद्को इतिहासमा एउटा कालो दिन थियो। सत्तापक्षले आफ्नो बहुमतको बलमा पेलेर संसद्को नियमावली पारित गरायो,’ उनले भने।
थापाका अनुसार नियमावलीमा सभामुखलाई संसद् भवनभित्र प्रवेश गर्ने व्यक्तिको अधिकारसम्बन्धी अन्तिम व्याख्याता बनाइएको प्रावधान संविधानको मर्मविपरीत छ। कार्यपालिका वा व्यवस्थापिकाले संविधान र कानुनले तोकेको सीमा नाघेमा न्यायपालिकाले हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ।
कार्यक्रममा उनले सत्ता साझेदार दलहरू, विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको भूमिकामाथि पनि प्रश्न उठाए। प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिप्रति विरोध गर्नुको सट्टा समर्थन गरेको आरोप लगाउँदै उनले संसद्मा देखिएको व्यवहारलाई विगतमा नेकपा सांसदहरूले प्रदर्शन गरेको बहुमतको अहंकारसँग तुलना गरे।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend