काठमाडौँ । रवि लामिछाने पाँच दिनको औपचारिक भ्रमणका लागि आज भारततर्फ प्रस्थान गरेका छन्। भ्रमण भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा तय भएको हो।
उनीसँगै पार्टीका प्रतिनिधिहरू तथा परिवारका सदस्यहरू पनि भ्रमण दलमा सहभागी भएका छन्। भ्रमण टोलीमा विपिनकुमार आचार्य, दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य रहेका छन्।
पार्टी प्रवक्ता मनिष झाका अनुसार लामिछानेको भारत भ्रमण जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म तय गरिएको छ। भ्रमणका क्रममा नयाँ दिल्लीमा विभिन्न उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट हुने कार्यक्रम छ।
उक्त अवधिमा भारतीय जनता पार्टीका नेतृत्वसँग छलफल, भारतमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया तथा पार्टी निकटका शुभेच्छुकहरूसँग भेटघाट गर्ने कार्यसूची रहेको जनाइएको छ ।
भ्रमणका क्रममा अयोध्या क्षेत्रको अवलोकनसमेत गर्ने कार्यक्रम समावेश गरिएको छ।
भ्रमण तथा भेटवार्ता व्यवस्थापन र समन्वयका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले सहकार्य गरिरहेको रास्वपाले जनाएको छ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend