Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिजुलीमा भ्याट लगाउने निर्णय फिर्ता हुँदैन: अर्थमन्त्री वाग्ले


    सोमबार, जेष्ठ १८ २०८३
    180
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा भ्याट लगाउने निर्णयबाट सरकार पछि नहट्ने बताएका छन्।

    अर्थमन्त्री वाग्लेले बिजुलीमा लाग्ने भ्याटको भार उपभोक्तामा पर्न नदिने गरी विकल्पहरू खोजिएको जिकिर गरेका छन्। साउन १ गतेदेखि विद्युत नियमन आयोगमार्फत मूल्य समायोजन गर्ने वा विपन्नका लागि निःशुल्क युनिटको सीमा बढाएर उपभोक्तालाई राहत दिइने उनको भनाइ छ।

    बिजुलीमा भ्याट लाग्ने र यसबाट सरकार पछि नहट्ने उनको भनाइ छ। ‘भ्याट लाग्छ लाग्छ, भ्याटबाट रिट्रिट हुँदैन तर उपभोक्तामा अन्तिम उपभोक्तामा त्यो भार नपर्ने गरेर हामी सोचिराखेका छौँ,’ उनले भने।

    बिजुलीमा लगाएको ५ प्रतिशत भ्याटलाई अनावश्यक रुपमा उचालिएको उनको गुनासो छ। ‘१५० युनिटको बिजुलीमा कति तिर्नुहुन्छ तपाईँहरूरु ५ प्रतिशत भने पनि ५ प्रतिशत होइन, किनकि ५० युनिट फ्री छ। सो इट्स अलवेज लेस देन ५ प्रतिशत इन्फ्याक्ट १५० युनिट हो भने त ट्याक्सेसन जम्मा ३ प्रतिशत भयो,’ अर्थमन्त्री वाग्लेले गुनासो गरे, ‘तपाईँहरूको बिल आठ–नौ सय उठ्दा खेरि जम्मा २४ रुपैयाँ तिर्ने हो यहाँ आकाशै खस्या जस्तो गरेर पनि प्रचार भइराखेको देख्छु म।’

    त्यस्तै, सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकको अर्थतन्त्रमा नीतिगत सुधारको जग बसाल्ने र युवा पुस्तामा आशा जगाउने दाबी गरेका छन्।

    सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गवरेको ‘पोस्ट–बजेट’ छलफलमा बोल्दै अर्थमन्त्री डा। वाग्लेले भर्खरै अध्ययन सकेका युवालाई स्वदेशमै आत्मसम्मानका साथ महिनाको एक लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने वातावरण निर्माण गर्न बजेट केन्द्रित रहेको बताए। १० लाख रुपैयाँसम्मको आयकर छुटलाई ‘क्रान्तिकारी’ कदमको संज्ञा दिँदै उनले यसबाट बजारमा मुद्रा प्रवाह बढ्ने र अर्थतन्त्र चलायमान हुने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार