काठमाडौं । विपक्षी दलहरूको निरन्तर दबाब र मागपछि आइतबार संसद्मा उपस्थित भएका प्रधानमन्त्री बालेन शाहले सीमा विवादका विषयमा दिएको एउटा अभिव्यक्तिले चौतर्फी रुपमा आलोचनामा परेका छन्।
प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिँदै प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको बताएपछि संसद्मा नयाँ बहस र विवाद सिर्जना भएको हो ।
सीमा सुरक्षा र छिमेकी मुलुकसँगको सम्बन्धबारे विपक्षी सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएँ, भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ।’ यद्यपी उनले नेपालले कहाँ कहाँ भारतको भूमि नेपालले मिचेको छ भन्ने चाहीँ खुलाएनन् ।
मुलुकको कार्यकारी प्रमुखको पदमा रहेका व्यक्तिले संसद्को रोष्टमबाटै बिना कुनै आधिकारिक तथ्य यस्तो गम्भीर अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलहरूले तत्कालै यसको कडा प्रतिवाद गरेका छन् ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति नियमापत्ति जनाउँदै सरकारसँग तत्काल स्पष्टीकरण माग गरेकी छन् । दुई देशबीचको संवेदनशील सीमा मामिलामा देशको प्रधानमन्त्रीले के आधारमा यस्तो बोलेको भन्दै उनले तथ्य सार्वजनिक गर्न चुनौती दिइन् ।
त्यस्तै एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले आम नेपालीको शीर झुकाएको उल्लेख गर्दै त्यसलाई गम्भिरतापूर्वक लिने बताएका छन् । उनले प्रधानमन्त्रीको सो अभिव्यक्तिले सबै नेपालीको प्रतिष्ठामा आँच आएको जिकिर पनि गरे ।
त्यसैगरी संवैधानिक कानुनविद् डा। भिमार्जुन आचार्यले पनि प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अति नै असामान्य र गम्भीर भएको टिप्पणी गरेका छन् ।
त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का नेता भीम रावलले नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा जोड दिनुको साटो नेपालले भारतको भूभाग मिचेको छ भन्ने झुटा कुरा संसद्मा गर्ने व्यक्तिलाई प्रधानमन्त्री पदमा एकछिन पनि बसिरहने नैतिक अधिकार नभएको बताएका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend