काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले काठमाडौँ उपत्यकामा रहेका सुकुम्वासीको दीर्घकालीन व्यवस्थापन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै समस्या समाधान चरणबद्ध रूपमा अघि बढाइने बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले तत्कालै सबै समस्या समाधान हुने अपेक्षा यथार्थपरक नहुने भन्दै दीर्घ समयदेखि जटिल बनेको विषयलाई योजनाबद्ध रूपमा सम्बोधन गर्नुपर्ने धारणा राखे।
प्रधानमन्त्री शाहले आफ्नो स्थानीय सरकारको अनुभव उल्लेख गर्दै वास्तविक सुकुम्वासी पहिचान गरी उनीहरूको व्यवस्थापनका लागि अस्थायी रूपमा होल्डिङ सेन्टरमा राख्ने र त्यसपछि दीर्घकालीन बसोबासका लागि राज्यले उचित व्यवस्था मिलाउनुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार संघीय सरकार, स्थानीय तह र सम्बन्धित राजनीतिक दलहरूको समन्वयमा वास्तविक भूमिहीन नागरिकलाई लक्षित गरेर कार्यक्रम अघि बढाइनेछ। उनले सुकुम्वासी व्यवस्थापनलाई राजनीतिक प्रतिबद्धताको विषय मात्र नभई कार्यान्वयनयोग्य योजनासँग जोड्नुपर्ने बताए।
प्रधानमन्त्री शाहले लामो समयदेखि समाधान नभएको समस्या एकै पटक समाधान हुने अपेक्षा गर्नु व्यवहारिक नहुने उल्लेख गर्दै ३५ वर्षमा नसुल्झिएको विषयलाई केही मिनेट वा छोटो समयमा समाधान हुने गरी नहेर्न आग्रह गरे।
त्यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि चालु आर्थिक वर्षभित्रै सुकुम्वासी व्यवस्थापनसम्बन्धी काम अघि बढाइने जानकारी दिएको उनले स्मरण गराए।
प्रधानमन्त्री शाहका अनुसार विगतमा उपत्यकाका सुकुम्वासी बस्तीमा डुबान, स्वास्थ्य समस्या लगायतका चुनौती देखिएकाले तत्कालीन समाधानसँगै दीर्घकालीन पुनर्स्थापनामा सरकार केन्द्रित हुने नीति लिइएको छ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend