काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र असन्तुष्टि जनाउँदै आएको समूहले आइतबार बैठक आयोजना गर्ने भएको छ। पार्टीका महामन्त्री डा। धवलशमशेर राणाको नेतृत्वमा उक्त समूहले वर्तमान परिस्थितिबारे धारणा तय गर्न छलफल गर्न लागेको हो।
बैठक काठमाडौँको कान्तिपथस्थित एलो प्यागोडा होटेलमा दिउँसो १ बजेदेखि सुरु हुने तय गरिएको छ। बैठकमा सहभागी हुन काठमाडौँ उपत्यकामा रहेका असन्तुष्ट पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जानकारी गराइएको स्रोतले जनाएको छ।
बैठकमा पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमका साथै सामूहिक राजीनामाको सम्भावित विषयमा समेत विचार९विमर्श हुने जनाइएको छ।
पार्टीको आन्तरिक व्यवस्थापन र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएको उक्त समूहले आगामी रणनीतिबारे निर्णय गर्न बैठक बोलाएको हो।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend