Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • राप्रपाको असन्तुष्ट समूहको बैठक बस्दै, सामूहिक राजीनामाबारे छलफल हुने


    आइतबार, जेष्ठ १७ २०८३
    220
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र असन्तुष्टि जनाउँदै आएको समूहले आइतबार बैठक आयोजना गर्ने भएको छ। पार्टीका महामन्त्री डा। धवलशमशेर राणाको नेतृत्वमा उक्त समूहले वर्तमान परिस्थितिबारे धारणा तय गर्न छलफल गर्न लागेको हो।

    बैठक काठमाडौँको कान्तिपथस्थित एलो प्यागोडा होटेलमा दिउँसो १ बजेदेखि सुरु हुने तय गरिएको छ। बैठकमा सहभागी हुन काठमाडौँ उपत्यकामा रहेका असन्तुष्ट पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई जानकारी गराइएको स्रोतले जनाएको छ।

    बैठकमा पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमका साथै सामूहिक राजीनामाको सम्भावित विषयमा समेत विचार९विमर्श हुने जनाइएको छ।

    पार्टीको आन्तरिक व्यवस्थापन र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएको उक्त समूहले आगामी रणनीतिबारे निर्णय गर्न बैठक बोलाएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार