काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न अनुरोध गरेको छ ।
विभागले प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक भिसामा रहेका कतिपयले श्रम स्वीकृतिको लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्र गरी स्वीकृति नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा प्रस्थानका लागि आउने गरेको भन्दै श्रम स्वीकृति भइसकेपछि मात्रै आउन अनुरोध गरेको हो ।
आवेदन मात्रै दिएर स्वीकृति नहुने भएकाले विमानस्थल आउँदा श्रमिकहरूलाई मर्का पर्ने गरेको भन्दै अध्यागमनले श्रम स्वीकृति जारी भइसकेपछि मात्रै आउनु अनुरोध गरेको हो ।
आफ्नो ‘श्रम स्वीकृति भइसकेको छ’ भन्ने तर श्रम स्वीकृतिका लागि अन्य व्यक्ति मार्फत निवेदन मात्र गरेको हुने र उक्त विषयमा श्रमिकलाई जानकारी नहुने गरेको विभागले जनाएको छ ।
श्रमिकको भिसामा विदेश यात्रा गर्ने नेपालीले श्रम स्वीकृति भएको यकिन गरेर मात्र यात्रा गर्न अनुरोध गरेको हो ।
श्रम अनुमति आवेदन मात्र भएको तर स्वीकृति नभएको अवस्थामा श्रमिक भिसामा अध्यागमनबाट प्रस्थान अनुमति दिन नसकिने समेत अध्यागमनले विभागले जनाएको छ ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend