काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति भएपछि मात्रै वैदेशिक रोजगारीको यात्रा गर्न अनुरोध गरेको छ ।
विभागले प्रेस विज्ञप्ति जारी गर्दै श्रमिक भिसामा रहेका कतिपयले श्रम स्वीकृतिको लागि वैदेशिक रोजगार विभागमा आवेदन मात्र गरी स्वीकृति नहुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा प्रस्थानका लागि आउने गरेको भन्दै श्रम स्वीकृति भइसकेपछि मात्रै आउन अनुरोध गरेको हो ।
आवेदन मात्रै दिएर स्वीकृति नहुने भएकाले विमानस्थल आउँदा श्रमिकहरूलाई मर्का पर्ने गरेको भन्दै अध्यागमनले श्रम स्वीकृति जारी भइसकेपछि मात्रै आउनु अनुरोध गरेको हो ।
आफ्नो ‘श्रम स्वीकृति भइसकेको छ’ भन्ने तर श्रम स्वीकृतिका लागि अन्य व्यक्ति मार्फत निवेदन मात्र गरेको हुने र उक्त विषयमा श्रमिकलाई जानकारी नहुने गरेको विभागले जनाएको छ ।
श्रमिकको भिसामा विदेश यात्रा गर्ने नेपालीले श्रम स्वीकृति भएको यकिन गरेर मात्र यात्रा गर्न अनुरोध गरेको हो ।
श्रम अनुमति आवेदन मात्र भएको तर स्वीकृति नभएको अवस्थामा श्रमिक भिसामा अध्यागमनबाट प्रस्थान अनुमति दिन नसकिने समेत अध्यागमनले विभागले जनाएको छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। सार्वजनिक लेखा समितिअन्तर्गतको निर्वाचन प्रहरीको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिले आगामी दुई साता कागजात अध्ययन गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाको...
काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) दानबहादुर कार्कीले नेपाल प्रहरीको नीति समन्वय समिति (पीसीसी) को बैठक बोलाएका छन्। बिहीबार दिउँसो २ बजे नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा...
काठमाडौँ। मकवानपुरको भीमफेदी गाउँपालिका –०८, ईपादेउरालीस्थित भित्री सडकखण्डमा बसको ठक्करबाट ६३ वर्षीया पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान करिब ०७:३० बजे ईपाबाट हेटौँडातर्फ...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend