Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • प्रधानमन्त्री नदेखेपछि संसद बैठक बहिस्कार गरेर बाहिरीए: हर्क साम्पाङ


    बुधबार, जेष्ठ १३ २०८३
    280
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बुधबारको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन्।

    बैठक शुरु हुनेबित्तिकै उठेर विरोध जनाएका उनले सभामुख डोलप्रसाद अर्यालको आग्रहलाई बेवास्ता गर्दै बैठकबाट बाहिरिएका हुन्।

    बैठकको शुरुमै उनले पहिलेझैँ प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नआएको भन्दै विरोध जनाएका थिए। उनले प्रधानमन्त्रीलाई उपस्थित गराउन ‘रुलिङ’ गर्न सभामुख अर्याललाई आग्रह गरे। तर अर्यालले ‘कुन विषयमा रुलिङ गर्ने कुन विषयमा नगर्ने अधिकार आफूसँग रहेको’ जवाफ दिए।

    प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ मा प्रधानमन्त्री र मन्त्रीले प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ सात दिनभित्र दिनुपर्ने व्यवस्था छ । यसको पालना प्रधानमन्त्रीले नगरेको साम्पाङको भनाइ छ । यसपछि साम्पाङ संसदबाट बाहिरिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार