Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँच महिनामा अध्यागमनद्वारा १५२ विदेशी निष्काशित


    मंगलबार, जेष्ठ १२ २०८३
    240
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अध्यागमन विभागले पछिल्लो ५ महिनामा १५२ जना विदेशी नागरिकलाई देश निकाला गरेको छ । विभागले २०२६ को जनवरी १ देखि मे ११ सम्ममा १ सय ५२ जना विदेशीलाई देश निकाला गरेको हो ।

    निष्काशित १५२ जना मध्ये १०५ जना भिसा अवधि सकिएर पनि नेपालमा बसेका (ओभरस्टे) गरेका थिए । बाँकी ४७ जना लागुऔषध कारोबारी, भिसाको उदेश्य विपरित कार्य गरेको, नक्कली राहदानी र भिसालगायतको विषयमा निष्काशित गरिएको विभागले जनाएको छ ।

    त्यसअघि अध्यागमनले २०२५ मा ५२६ जनालाई निष्काशित गरेको थियो । त्यसमध्ये ४५९ जना ओभरस्टे गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार