Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • सरकारले गाउँघरमा टेलिफोन र इन्टरनेट पैसा नभएर होइन, पैसा खर्च गर्न नसकेर नपुर्‍याएको हो: महावीर पुन


    मंगलबार, जेष्ठ १२ २०८३
    235
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। गाउँघरमा टेलिफोन र इन्टरनेट पुर्‍याउन दूर सञ्चार कोषमा रहेको रकम खर्च गर्न सांसद महावीर पुनले आग्रह गरेका छन्।

    मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पुनले नागरिकबाट उठाएको रकम खेर गइरहेको जिकिर गरे। ‘नेपाल दूर सञ्चार प्राधिकरणमा ग्रामीण दूर सञ्चार कोष भनेर खडा गरिएको छ। त्यो कोषमा १६ अर्ब रुपैयाँ छ,’ सांसद पुनले भने।

    नेपाल टेलिकमले प्रयोगकर्ताबाट प्राप्त गर्ने रकमको २ प्रतिशत कोषमा जम्मा गर्दै आएको छ। यो ग्रामीण क्षेत्रमा दूर सञ्चार सेवा विस्तार गर्नका लागि खडा गरिएको हो।

    अहिले कोषको रकम खातामै थन्किएकाले त्यसको प्रयोग गर्नुपर्ने सांसद पुनको भनाइ छ। ‘सरकारले गाउँघरमा टेलिफोन र इन्टरनेट पैसा नभएर होइन, पैसा भएर पनि खर्च गर्न नसकेर नपुर्‍याएको हो,’ उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार