Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीले गरे ईयूमा आबद्ध देशका राजदूत र मिसन प्रमुखसँग छलफल


    मंगलबार, जेष्ठ १२ २०८३
    230
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले युरोपेली संघ (ईयू)मा आबद्ध देशका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग छलफल गरेका छन् ।

    मंगलबार बिहान (ईयू) मा आबद्ध काठमाडौं र नयाँ दिल्लीका गैरआवासीय राजदूत र मिसन प्रमुखहरूसँग सामूहिक छलफल गरेको उनको सचिवालयले जनाएको छ ।

    यसअघि चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरुसँग सामूहिक भेट र संवाद गरेका थिए ।

    सामूहिक भेटका अवसरमा नेपालको वर्तमान प्राथमिकताबारे जानकारी गराउने, द्विपक्षीय सम्बन्धलाई थप सुदृढ तुल्याउने र सहकार्यका विविध विषयमा छलफल केन्द्रित भएको सचिवालयले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार