काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ भियानका संयोजक दुर्गा प्रसाईँलाई पर्सा जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
मङ्गलवार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । प्रसाईँविरुद्ध दर्ता मुद्दामाथिको सुनुवाइपछि अदालतले उनलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।
जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । अदालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्य विरुद्धको कसुरमा सजाय हुनुपर्ने मागदावी लिइएको थियो ।
प्रसाईँले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको र राज्यका निकाय सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको थिए । सेना र प्रहरीका आईजीपी दानबहादुर कार्कीले सार्वजनिक गरेको गीतबारे पनि प्रसाईँले अश्लील टिप्पणी गरेको आरोप उनीमाथि छ ।
काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई...
काठमाडौँ । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट भएका विभिन्न निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत...
काठमाडौं । सुनसरी- ४ बाट निर्वाचित रास्वपाका सांसद दीपक कुमार साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री सिफारिस भएका छन्। उनको सिफारिस पत्र राष्ट्रपति कार्यालय शितल...
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनामा स्पष्टिकरण मागेको छ । स्वास्थ्यमन्त्री निशा मेहताले यस घटनाप्रति...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग मन्त्रीका लागि सुनसरी-४ का सांसद दीपककुमार साहको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेका छन्। उद्योग मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend