Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • बागमती सरकारले आज नीति तथा कार्यक्रम ल्याउदै


    मंगलबार, जेष्ठ १२ २०८३
    245
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम मंगलबार (आज) ल्याउने भएको छ।

    त्यसका लागि आज साँझ ५ बजे प्रदेशसभाको बैठक बस्नेछ। बैठकमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्।

    प्रदेसशभाका सबै सदस्यलाई औपचारिक पोसाकमा निर्धारित समयभन्दा १५ मिनेट अगाडि प्रदेशसभा बैठकमा उपस्थित हुन निर्देशन दिइएको छ।

    सोमबार साँझ बसेको बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो।

    गरिब जनतामुखी, नागरिकमैत्री र उपलब्धिमूलक नीति कार्यक्रम ल्याइने बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार