Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ


    बुधबार, बैशाख ३० २०८३
    440
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।

    उनलाई सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६ बसपार्कबाट यही वैशाख २९ गते राति करिब ८ बजे पक्राउ गरेको सीआई प्रवक्ता शिव कुमार श्रेष्ठले जानकारी दिए । पक्राउ गरेर उनलाई काठमाडौं ल्याइएको छ ।

    उनीमाथि स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गर्ने कार्यमा संलग्न भएको आरोप छ ।

    काठमाडौंको रक्तकाली ठेगाना भई ललितपुरको मानभवन बस्दै आएका ६३ वर्षीय पाण्डेविरुद्ध मुलुकी अपराध संहिताको ठगी तथा आपराधिक विश्वाघातको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता एवम् एसएसपी श्रेष्ठले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार