Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजबाट अवकाशमा जाँदै सशस्त्र प्रहरी महानिरीक्षक अर्याल 


    शुक्रबार, बैशाख १८ २०८३
    380
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्याल आजबाट अनिवार्य अवकाशमा जाने भएका छन् ।

    आईजीपीको चार वर्षे कार्यकाल पूरा गरेर अर्याल शुक्रबार राति १२ बजेबाट अनिवार्य अवकाशमा जाने भएका छन् । सशस्त्र प्रहरी हेडक्वाटरले शुक्रबार फौजी परम्पराअनुसार अर्यालको बिदाइ गर्नेछ ।

    अर्यालले आईजीपीको चार वर्षे कार्यकाल विवादरहीत रुपमा बिताए । उनी कुनै ठूलो विवादमा मुछिएनन् । संगठनलाई सही ट्रयाकमा ल्याउने अर्यालले उल्लेख्य भूमिका खेलेको सशस्त्र प्रहरी हेडक्वाटरले बताएको छ ।

    अर्याल अवकाशमा जाने भएपछि उनको ठाउँमा नारायणदत्त पौडेललाई आईजीपी बनाउने निर्णय सरकारले गरिसकेको छ । उनले भोलि, शनिबारदेखि कार्यकाल सम्हाल्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार