सर्लाही । सर्लाहीको सीमावर्ती क्षेत्र अन्तर्गत प्रहरी चौकी गोरखकाली र त्रिभुवननगर क्षेत्र पछिल्लो समय तस्करीका लागि सहज मार्ग बनेको आरोप सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार यी नाकाबाट रातिको समयमा विभिन्न सामान अवैध रूपमा नेपाल–भारत ओसारपसार भइरहेको दाबी गरिएको हो ।
स्थानीयले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैको मिलेमतो तथा संरक्षणमै तस्करी धन्दा सञ्चालन भइरहेको आरोप लगाएका छन् । सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीको सेटिङ बिना यति ठूलो मात्रामा अवैध कारोबार सम्भव नभएको उनीहरूको भनाइ छ ।
प्रहरी चौकी गोरखकाली क्षेत्र अन्तर्गत पर्ने मलङ्वा ट्रायल सेन्टरको पूर्वी नाका हुँदै मोटरसाइकलमार्फत कपडा लगायतका सामान तस्करी भइरहेको आरोप छ । स्थानीय स्रोतले उपलब्ध गराएको भिडियोमा रातिको समयमा मोटरसाइकल प्रयोग गरी सामान ओसारपसार भइरहेको देखिएको छ ।
त्यस्तै त्रिभुवननगर क्षेत्रमा पनि पछिल्लो समय तस्करी गतिविधि बढेको स्रोतले जनाएको छ । त्रिभुवननगरको पश्चिमी नहर साइडस्थित चोरबाटो प्रयोग गरी नेपालबाट भारततर्फ तथा भारतबाट नेपालतर्फ विभिन्न सामान ल्याउने–लैजाने काम भइरहेको बताइएको छ ।
स्थानीय स्रोतका अनुसार प्रहरी चौकी गोरखकालीका इन्चार्ज वरिष्ठ सई यज्ञ शाह तथा त्रिभुवननगरका इन्चार्ज वरिष्ठ सई प्रमाणन्द यादवकै मिलेमतोमा तस्करी धन्दा सञ्चालन भइरहेको आरोप लगाइएको छ । साथै सीमामा खटिएका सशस्त्र प्रहरीका केही सदस्यको समेत संरक्षणमा तस्करी भइरहेको दाबी गरिएको छ ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी योगेन्द्र बहादुर खड्काका घुमुवा सहायक हवल्दार धर्मेन्द्र पटेलमाथि पनि तस्करहरूसँग मिलेर रकम असुली गर्ने आरोप लागेको छ । नाम नखोल्ने सर्तमा एक व्यापारीले धर्मेन्द्र पटेलले तस्करहरूसँग डिल गरेर एसपीकै नाममा पैसा उठाउने गरेको दाबी गरेका छन् ।
यसअघि केही दिनअघि सर्लाहीका अन्य सीमा नाका प्रयोग गरी भारततर्फ तस्करी गरिएको ठूलो परिमाणको चिनियाँ लसुन र काँक्रोको बीउ भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले सीतामढी जिल्लाको लालबन्दी नाकामा बरामद गरेको घटना सार्वजनिक भएको थियो । उक्त घटनामा दुई वटा महिन्द्रा बोलेरो पिकअपसहित दुई जना व्यक्ति नियन्त्रणमा परेका थिए ।
त्यस घटनाले सर्लाहीका सीमा नाका हुँदै हुने तस्करी अझै सक्रिय रहेको संकेत गरेको थियो । त्यसबेला पनि जिल्लामा तस्करी नियन्त्रणमा कडाइ गरिएको दाबी भइरहेका बेला प्रहरीकै मिलेमतोमा अवैध कारोबार भइरहेको आरोप उठेको थियो ।
सरकारले एक सय रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरे पनि सीमाक्षेत्रमा तस्करी रोकिएको नदेखिएको स्थानीयको गुनासो छ । सामान्य नागरिकमाथि कडाइ हुने तर तस्करहरू भने निर्बाध रूपमा सक्रिय रहने गरेको आरोपसमेत उठेको छ ।
पछिल्ला घटनाक्रम र निरन्तर उठिरहेका आरोपहरूले सर्लाही जिल्लाको सीमा सुरक्षा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको निगरानी तथा तस्करी नियन्त्रणको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको छ । यस विषयमा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी वास्तविकता सार्वजनिक गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend