Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बस्ने स्थान नभएको भन्दै १४४ परिवार आए सरकारको सम्पर्कमा


    आइतबार, बैशाख १३ २०८३
    470
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। थापाथली, गैरीगाउँ र शान्तिनगर क्षेत्रमा नदी किनारका बस्तीमा बसेका १४४ परिवार सरकारको सम्पर्कमा आएका छन् ।

    शनिवार बस्ती खालि गराइएपछि उनीहरूको बस्ने स्थान नभएको भन्दै आफ्नो विवरण सरकारमा दर्ता गराएका हुन् । सरकारले सम्पर्कमा आएका र उद्धार गरिएका परिवारहरूलाई सुरुमा दशरथ रङ्गशाला पुर्‍याएर उनीहरूको विवरण सङ्कलन गरेको जनाएको छ ।

    सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेको विवरण अनुसार उनीहरूलाई तत्कालका लागि काठमाडौंका विभिन्न होटलहरूमा बसोबासको व्यवस्था मिलाइएको छ । यस्तै, घरायसी सामानहरू रङ्गशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा छुट्टाछुट्टै स्थान तय गरी सुरक्षित रूपमा भण्डारण गरिएको छ ।

    सरकारले काठमाडौं महानगर-९ स्थित गैरीगाउँ र वडा नम्बर ३१ स्थित शान्तिनगरका नदी किनार तथा जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गर्ने कार्यलाई निरन्तरता दिएको छ । ​

    यसै क्रममा वडा नम्बर ११ स्थित थापाथलीमा रहेको बस्ती शनिवार बिहान १२:३० बजे खाली गरिएको थियो ।

    ​यसैबीच, कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ को गोठाटार बुद्धचोक र वडा नम्बर ९ को मनोहरा टोलमा रहेका बस्तीहरू खाली गर्न खोज्दा शनिवार साँझ झडप भएको थियो। सो बस्ती आज खाली गर्ने काम भइरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार