Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सशस्त्रका ७ एसपी एसएसपी पदमा बढुवा सिफारिस


    शनिबार, बैशाख १२ २०८३
    920
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सशस्त्र प्रहरी बलका सात जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

    छ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएपछि रिक्त हुन आएको ६ पद तथा यसअघि नै रिक्त रहेको १ पदसमेत गरी कुल ७ पदमा बढुवाका लागि सिफारिस गरिएको हो।

    सिफारिस सूचीमा दीपक कुमार थापा, सुधिर सुवेदी, महेश के।सी., प्रकाश कुमार सुवेदी, चित्राङ्गत दहाल, सुभाष भण्डारी र प्रदिपसिंह कार्की रहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार