Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष परिश्रमी पक्राउ


    शुक्रबार, बैशाख ११ २०८३
    460
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले परिश्रमी पक्राउ परेको पुष्टि गरे । उनका अनुसार बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि परिश्रमी पक्राउ परेका हुन् ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले कार्यवाहक अध्यक्ष परिश्रमीलाई प्रहरीले ‘होल्ड’ गरेको बताए।

    यसअघि पनि सुकुमवासी बस्ती हटाउने क्रममा उनले प्रहरीमाथि नै बल प्रयोग गरेको आरोप थियो । उक्त घटनामा घाइते भएका महानगर प्रहरीहरूले सुकुम्बासी नेताहरूविरूद्ध प्रहरीमा उजुरीसमेत दिएका थिए।

    प्रहरीले हिजो साँझ बागमती किनार आसपासमा माइकिङ गरेर सुकुम्बासी बस्तीका घरहरू खाली गर्न भनेको थियो। आज सुकुम्बासीहरूले सरकारको निर्णयविरूद्ध प्रदर्शन पनि गरिरहेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार