काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा सामाजिक सञ्जाल प्लेटफर्महरू दर्ता नभएका कारण अनुसन्धानमा ठूलो समस्या भएको गुनासो गरेका छन् ।
बिहीबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप जस्ता लोकप्रिय प्लेटफर्महरू विदेशबाट सञ्चालन हुने भएकाले आवश्यक विवरण र प्रमाण प्राप्त गर्न निकै समय लाग्ने बताए ।
उनले भने, ‘माइनर मिसिङ र सुसाइडका घटनामा २४ घण्टाभित्रै सूचना आउँछ, तर अन्य केसमा एक हप्ता वा त्यसभन्दा बढी समय लाग्छ । नेपालमा यी प्लेटफर्म दर्ता नभएको र हाम्रो नेटवर्क नभएका कारण अनुसन्धान प्रक्रिया प्रभावित भएको छ । कानुनी व्यवस्था गर्न नसक्दा व्यक्तिगत सम्बन्धको भरमा मात्र विवरण लिनुपर्ने अवस्था छ ।’
आईजीपी कार्कीले इन्टरनेट र मोबाइल प्रयोग बढेसँगै साइबर अपराध पनि उल्लेख्य रूपमा वृद्धि भएको जानकारी दिए । उनका अनुसार महिला र युवाहरू बढी प्रभावित छन् । हाल ४ हजारभन्दा बढी फेक अकाउन्टबाट घृणा फैलाउने, ३ हजारभन्दा बढी बुलिङ तथा ह्यारेसमेन्ट र १० हजारभन्दा बढी वित्तीय अपराध (अनलाइन ठगी, एकाउन्ट ह्याकिङ) सम्बन्धी उजुरी प्रहरीमा परेका छन् ।
नेपालमा टिकटक, भाइबर, निम्बस, वीटक र कपोकोलाइभ मात्र आधिकारिक रूपमा दर्ता छन् । फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, एक्स, युट्युब लगायतका प्लेटफर्मबाट भने सहज रूपमा विवरण वा टेकडाउन सहयोग नआउने समस्या रहेको उनले बताए ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend