Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डेरामा बस्नेको विवरण राख्न घरधनीलाई प्रहरीको अनुरोध


    आइतबार, बैशाख ६ २०८३
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आफ्नो घरमा डेरा गरि बस्नेको विवरण राख्न घरधनीलाई प्रहरीले अनुरोध गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, अपराध नहोस् र भइहालेमा व्यक्ति पहिचानमा सहज होस् भनेर अनुरोध गरिएको बताए ।

    ‘एउटै घरमा डेरामा बसेको चाररपाँच वर्ष भएको हुन्छ । तर त्यो मान्छेले केही अपराध गर्‍यो भने घरधनीलाई सोधपुछ गर्दा केही थाहा हुँदैन,’ एसपी भट्टराईले भने, ‘कम्तीमा पनि यस्ता घटना नदोहोरिन् भाडामा बस्नेहरुको विवरण राख्न अनुरोध गरेका हौं । यो बाध्यकारी होइन ।’

    अझ घरधनीले पुलिस क्लियरेन्स रिपोर्ट माग गरेको अवस्थामा कस्ता पृष्ठभूमिका मान्छे बस्न लागेको छन् रु भन्नेसम्म खुल्ने हुँदा पुलिस रिपोर्टसम्म घरधनीले माग्नसक्ने प्रहरीले बताएको छ ।

    जसले गर्दा कुनै घटनामा संलग्न नै नभएकाहरुले अनावश्यक रूपमा प्रहरी सोधपुछ तथा हैरानीमा पर्न नसक्ने प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार