Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • टाइम म्यागाजिनको विश्वका प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री वालेन शाह


    बिहिबार, बैशाख ३ २०८३
    265
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश भएका छन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम पत्रिकाले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा शाहको नाम पनि समेटिएको हो ।

    टाइम पत्रिकाले उनलाई नेताहरूको वर्गमा राख्दै नेपालको प्रमुख राजनीतिक नेतृत्वकर्ताका रूपमा उल्लेख गरेको छ। पत्रिकाले ३६ बर्षीय शाहलाई पूर्व हिपहप कलाकार र नेपालको इतिहासकै कान्छा प्रधानमन्त्रीका रूपमा चित्रण गरेको छ ।

    फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवा पुस्ताको व्यापक समर्थन र पुराना राजनीतिक नेतृत्त्वप्रतिको असन्तोषका कारण उनले ठूलो विजय हासिल गरेको उल्लेख गरिएको छ ।

    काठमाडौं महानगरपालिकाका प्रमुख रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारको चर्चा गर्दै प्रधानमन्त्रीको जिम्मेवारीमा शाहप्रतिको नेपाली जनताको विश्वाससँगै प्रभावकारी नेतृत्व निर्वाहको अपेक्षाबारे पनि चर्चा गरिएको छ ।

    यस वर्षको सूचीमा शाहसँगै विश्वका विभिन्न मुलुकका प्रभावशाली नेताहरू, व्यवसायी, कलाकार र खेलाडीहरू पनि समावेश छन् ।

    राजनीतिक नेतृत्वतर्फ अमेरिकी नेता डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, पोप लियो चौधौँ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाम, मार्क कार्नी र बेन्जामिन नेतान्याहुजस्ता नामहरू उल्लेख छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार