काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा समावेश भएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम पत्रिकाले सार्वजनिक गरेको सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा शाहको नाम पनि समेटिएको हो ।
टाइम पत्रिकाले उनलाई नेताहरूको वर्गमा राख्दै नेपालको प्रमुख राजनीतिक नेतृत्वकर्ताका रूपमा उल्लेख गरेको छ। पत्रिकाले ३६ बर्षीय शाहलाई पूर्व हिपहप कलाकार र नेपालको इतिहासकै कान्छा प्रधानमन्त्रीका रूपमा चित्रण गरेको छ ।
फागुन २१ मा सम्पन्न आम निर्वाचनमा युवा पुस्ताको व्यापक समर्थन र पुराना राजनीतिक नेतृत्त्वप्रतिको असन्तोषका कारण उनले ठूलो विजय हासिल गरेको उल्लेख गरिएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारको चर्चा गर्दै प्रधानमन्त्रीको जिम्मेवारीमा शाहप्रतिको नेपाली जनताको विश्वाससँगै प्रभावकारी नेतृत्व निर्वाहको अपेक्षाबारे पनि चर्चा गरिएको छ ।
यस वर्षको सूचीमा शाहसँगै विश्वका विभिन्न मुलुकका प्रभावशाली नेताहरू, व्यवसायी, कलाकार र खेलाडीहरू पनि समावेश छन् ।
राजनीतिक नेतृत्वतर्फ अमेरिकी नेता डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, पोप लियो चौधौँ, मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबाम, मार्क कार्नी र बेन्जामिन नेतान्याहुजस्ता नामहरू उल्लेख छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको रास्वपाका प्रवक्ता...
काठमाडौं । सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं ४,५,८,९,१०,१२...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ । देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने...
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको भएको छ । सुनुवाइ समितिको सचिवालयका अनुसार प्रस्तावित राजदूत...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend