काठमाडौं । पर्साको वीरगन्जमा एक प्रहरी जवानको कुटपिटबाट बीभत्स हत्या भएको छ । आइतबार दिउँसो वीरगन्ज महानगरपालिका–९ मा सप्तरी दरबन्दी भई बिदामा घर आएका प्रहरी जवान विकास चौरसिया सामूहिक कुटपिटबाट मारिएका हुन्।
घटना सार्वजनिक भएलगत्तै पर्सा प्रहरीले सक्रियता देखाउँदै हत्यामा संलग्न रहेको आरोपमा चारजना युवाहरूलाई नियन्त्रणमा लिएको छ । पर्साका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार अपरान्हतिर केही युवकहरूको समूहले चौरसियामाथि भारी वस्तु प्रहार गरी निर्घात कुटपिट गरेका थिए ।
सूचना पाउनासाथ केही मिनेटभित्रै प्रहरी टोली घटनास्थल पुगेर गम्भीर घाइते अवस्थामा रहेका चौरसियाको उद्धार गरेको थियो । उनलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।
प्रहरीले घटनास्थलबाटै हत्यामा संलग्न रहेको आशंकामा चारजना आरोपीहरूलाई पक्राउ गर्न सफल भएको छ । यद्यपी उनीहरुको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend