Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री बालेन्द्र शाहकी श्रीमतीले १९० तोला सुन दाइजोमा पाएकी हुन् ?


    सोमबार, चैत्र ३० २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । आइतबार सार्वजनिक भएको प्रधानमन्त्री वालेन्द्र शाहको सम्पत्ति विवरणमा उनकी श्रीमती सविना काफ्लेको नाममा १ सय ९० तोला सुन(गरगहना) देखाइएको छ । उक्त गरगहनाको स्रोत पुख्र्यौली सम्पत्ति भनी उल्लेख छ । शुक्रबारको सुनको भाउ अनुसार २ लाख ९७ हजार प्रतितोलाले हिसाब गर्दा सबिना काफ्लेसँग रहेको १ सय ९० तोलाको ५ करोड ६४ करोड ३० हजार मूल्य पर्न आउँछ ।

    नेपाली समाजमा विवाहित छोरीले पुख्र्याैली सम्पत्ति भनेर देखाइएको जायजेथालाई दाइजोका रुपमा चित्रण गरिन्छ । विगतमा एमाले र कांग्रेसबाट मन्त्री भएकाहरुले श्रीमतीकै दाइजो भनेर सम्पत्ति विवरण देखाउँदा चर्को बिरोध गर्ने रास्वपा समर्थकहरुले अहिले सबिना काफ्लेको सबा २ किलो सुनको बिषयलाई कसरी लेलान् ?

    १ किलो सुन ८५.७३५ तोला हुन्छ । यस हिसाबले २ किलो २० तोला करिब सुन सबिना काफ्लेको नाममा देखिन्छ । यो सुनको स्रोत पुख्र्यौली हो भने उनका पिताले समेत त्यसको स्रोत देखाउनुपर्छ । राणा खानदानकी छोरी, क्यानडामा पीएचडी गरेर उतै आकर्षक जागिर खाइरहेकी डा. आरजु राणाको अरबौंको पुख्र्यौली सम्पत्ति रहेको छ । तर उनीसँग ६ रोपनी जग्गामा भएको घरका बारेमा प्रश्न उठाउने र ‘भ्रष्टाचारी’ भन्दैआएका बालेन्द्र र उनका समर्थकहरुले सबिना काफ्लेको २ किलो २० तोला सुनको स्रोतका बारेमा भने ढाकछोप गरिरहेको देखिन्छ ।

    नेपालमा दाइजो लिनुलाई कानुनबिपरीत मानिन्छ । दाइजो हो भने प्रधानमन्त्री बालेन्द्र शाहले कानुनबिपरीत लिएको ठहर्छ । दाइजो भनेर सम्पत्ति विवरणमा लेख्दा कानुन उल्लंघन हुने भएकाले पुख्र्यौली सम्पत्ति लेखिएको आशंका पनि उत्तिकै गर्न सकिन्छ ।

    सामाजिक संजालमा शाहको महोत्तरीमा ९ बिघा पुख्र्यौली सम्पत्ति रहेको भन्दै सामाजिक संजालमा उनका समर्थकहरु लेखिरहेका छन् । तर महोत्तरीको जग्गा र काठमाडौंको जग्गा पनि उनका बाबु स्व. रामनारायण शाहले भ्रष्टाचार गरेर कमाएको रकमले आर्जन गरेका समाचारहरु आएका थिए । तर रास्वपाका अन्धभक्तहरुले बालेनका बाबुको विगतको पाटोका बारेमा लेखिएका कुरालाई सिधै इन्कार गर्ने गरेका छन् ।

    २०८२ असोज २७ गते प्रकाशित डायरी एक्सप्रेस साप्ताहिकले उनका बाबु रामनारायणका बारेमा एक समचार लेखेको थियो–काठमाडौंका नगरप्रमुख बालेन्द्र शाह (बालेन) का बाबु डा. रामनारायण साह नक्कली प्रमाणपत्र प्रयोग गरी जागिर खाएको आरोपमा निलम्बनमा परेका थिए । उनले भारतको पटनाबाट इन्टरमिडियट, पटना विश्वविद्यालयबाट बिएएमएस र गुजरात विश्व विद्यालयबाट आयुर्वेदमा एमडी भन्दै आयुर्वेद विभागमा जागिर खाएका हुन् ।

    इन्टरमिडियट लेबलको प्रमाणपत्र उनले भारतको पट्‌नाबाट खरिद गरी ल्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानविन भएको थियो । अख्तियारले उनले ल्याएको कलेजको इन्टरमिडियट लेबलको प्रमाणपत्रको रेकर्ड छ कि छैन भनि पत्रचार गर्दा रेकर्ड नभेटिएको भन्ने जवाफ आएका कारण मुद्दा दर्ता गरेको थियो । रामनारायणका विरुद्धमा अख्तियारले २०६६ सालमा अभियोग दर्ता गरेको थियो ।

    नक्कली प्रमाणपत्र प्रयोग गरेका उनी सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक भएर २०५८ साल मंसिर २९ गतेदेखि २०६३ साल वैशाख ३१ गतेसम्म काम गरेका थिए ।

    यसरी शाहले चार वर्षको कार्यकाल भए पनि चार बर्ष ५ महिना जागिर खाएका थिए । चार वर्षे कार्यकाल भएको सिंहदरबार वैद्यखाना विकास समितिको निर्देशक पदमा पनि उनी धाँधली गरी पाँच महिना बढी बसेका थिए । जसवाट उनलाई बढी नै फलिफाप हुन पुग्यो । त्यसपछि उनले सिनामंगलमा घर बनाएको स्वास्थ्य मन्त्रालयकै एक कर्मचारीले खुलासा गरे । यसरी शाहले वैद्यखानाको रस राम्ररी थाह पाएका थिए । यस विषयमा आयुर्वेदिक चिकित्सा परिष‌दमा सम्पर्क गर्दा सफल हुन सकेन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार