काठमाडौं । नेपाली कांग्रेसका नेता मनिषकुमार मिश्रले दीपककुमार साहलाई प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीबाट नहटाएको दाबी गरेका छन् ।
साहलाई मन्त्रीबाट हटाएर वालेनलाई कमजोर गरिएको उनको भनाइ छ । उनले दीपकलाई मन्त्रीबाट हटाउनुलाई साहुजीद्वारा साहुजीको हत्याको संज्ञा दिएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका रुपमा दीपकले न्वारनदेखि बल लगाएर काम गरिरहँदा पनि सामाजिक संजालमा अनावसनाब प्रचार गरिएकै भरमा हटाएकोमा उनले असन्तुष्टि प्रकट गरेका छन् ।
कारबाही गर्नु छ भने विनाप्रमाण अनाहकमा मानिस पक्राउ गरी मानवअधिकारको हनन गर्ने गृहमन्त्री सुधन गुरुङलाई गर । एक दिन पनि नटिक्ने अर्थहीन निर्णय गर्ने शिक्षामन्त्री सस्मित पोखरेललाई गरेर देखाऊ । सरकारको नीतिबिपरीत दूताबासको कार्यक्रममा सहभागी हुने अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कारबाही गर्न मिश्रले रास्वपा सभापति रवि लामिछानेलाई चुनौती दिएका छन् ।
यी तीन मन्त्रीलाई कारबाही गर्नसक्छौ ? बालेन साहको नाममा मधेशको मत लुटेको तर साहलाई नै बलिको बोको बनाएको भन्दै रास्वपा सभापति लामिछानेलाई लक्षित गरी उनले लेखेका छन्–‘ बालेनको नाम देखाएर ९९ प्रतिशत साहुजीको भोट लिने तर एउटा साहुजी मन्त्री हुँदा नपच्ने ? साहुजीको नाममा लुट्नु लुट्यौ ? अब सम्भव छैन ।’

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend