Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • श्रममन्त्री दीपककुमार साह बर्खास्त, स्वास्थ्य मन्त्रीलाई सचेत गराइयो


    बिहिबार, चैत्र २६ २०८२
    740
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको सिफारिसमा प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् ।

    महोत्तरी–२ बाट प्रतिनिधिसभामा निर्वाचित शाह पछिल्लो समय विभिन्न विवादमा मुछिएपछि उनलाई मन्त्री पदबाट बर्खास्त गर्ने निर्णयमा प्रधानमन्त्री शाह पुगेका छन् । रास्वपाका सभापति रवि लामिछानेले आजै साहलाई मन्त्रीबाट पदमुक्त गर्न सिफारिस गरेका छन् ।

    श्रममन्त्री साह १० बर्षअघि नक्कली डाक्ट बनेर ठगी गरेको आरोपमा पक्राउ परेका थिए । पछिल्लो पटक उनकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य वीमा बोर्डको सदस्य बनाएपछि उनी झन् विवादमा तानिएका थिए । २०८० सालमा नियुक्ति भए पनि निस्क्रिय बसेकी श्रेष्ठलाई स्वास्थ्य मन्त्री निशा मेहताले पुनः फर्काएर बोर्ड बैठकमा भाग लिन लगाएकी थिइन् ।

    रास्वपाको दिएको जिम्मेवारी पूरा नगरेको वा पदको दुरुपयोग गरेपछि फिर्ता बोलाउने (राइट टु रिकल) नीति अनुसार मन्त्रीबाट पदमुक्त गर्ने निर्णय पार्टीले गरेकोे जनाएको छ । मन्त्री साह मन्त्री भएको १४ दिनमा पदमुक्त भएका छन् । रास्वपाको अनुशासन समितिले मन्त्री शाहमाथि छानबिन गरी पदमुक्त गर्न सिफारिस गरेपछि उनी पदमुक्त भएका हुन् ।

    मन्त्री साहलाई राजीनामा पनि गर्ने मौका नदिई बर्खास्त गरिएको छ ।

    श्रममन्त्री शाहकी पत्नी जुनु श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा पुनः फर्काउने स्वास्थ्य मन्त्री मेहतालाई पनि रास्वपाले सचेत गराएको छ ।

    मन्त्री साहलाई पदमुक्त गर्ने रास्वपाको निर्णय

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार