काठमाडौं । विद्युतीय चुरोट (भेप)मा लुकाएर सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेकपा नेता कृष्णबहादुर महरासहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार महरा, उनका कान्छा छोरा राहुल महरा र नेपाल सरकारका सहसचिव अरुण पोखरेलसहितलाई प्रतिवादी बनाएर करिब ७ करोड रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार चिनियाँ तस्करी गिरोहसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराउन उनीहरूको संलग्नता देखिएको छ । पुस २०७९ मा भेपभित्र लुकाएर नेपाल भित्र्याइएको सुन ‘पास’ गराउन पूर्वसभामुख महरासहितका व्यक्तिहरूले भूमिका खेलेको अभियोगपत्रमा उल्लेख गरिएको छ।
यसअघि यही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले महरालाई पक्राउ गरेको थियो । तर, पक्राउ परेको पाँच दिनमै उनी छुटेका थिए । सीआईबीले भेप तस्करी प्रकरणमा जोडिएका ‘हाइप्रोफाइल’ व्यक्तिहरूको प्रत्यक्ष संलग्नता पुष्टि हुन नसकेको भन्दै महरालाई क्लिन चिट दिएको थियो ।
महरासँगै पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा तथा पूर्वमाओवादी विद्यार्थी नेता दीपेश पुनलाई पनि सीआईबी अनुसन्धानबाट सफाइ दिइएको थियो ।
तर, सरकारी अनुसन्धानले भने कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको चिनियाँ तस्करी गिरोहसँग पटक–पटक टेलिफोन सम्पर्क भएको देखाएको थियो । अनुसन्धानअनुसार बाबु–छोराले उक्त गिरोहसँग २ सय ५६ पटक फोन सम्पर्क गरेका थिए।
यति धेरै सम्पर्क देखिए पनि प्रारम्भिक अनुसन्धानमा कृष्णबहादुर महरा प्रतिवादी नबनेको विषयले त्यतिबेला नै गम्भीर प्रश्न उठाएको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend