काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर भएको अढाई महिना बितिसक्दा पनि सुनिता डंगोलले देखिने काम गर्न भने सकेकी छैनन् । उनको ध्यान महानगरपालिकामा कार्यक्षमता देखाउने भन्दा पनि आफ्ना निकट कर्मचारी आकर्षक ठाउँमा सरुवा गराउनेमा केन्द्रित हुन थालेको छ ।
कार्यवाहक मेयर भएदेखि नै डंगोलले प्रशासन अधिकृतमा सुुदर्शन भट्टराईलाई ल्याउन निकै जोडबल गरिरहेकी छन् । राष्ट्रियसभा गृहका प्रमुख रहेका भट्टराईलाई महानगरपालिकाको प्रशासन शाखामा ल्याएर चेकमै हस्ताक्षर गर्ने जिम्मेवारी दिने उनको तयारी छ । महानगरमा ठूलो आर्थिक कारोबार हुने भएकाले डंगोलले विश्वासपात्र भट्टराईलाई ल्याउन लागेको स्रोत बताउँछ ।
भट्टराई पनि प्रशासनमा सरुवा हुने र महानगरको प्रशासनमा जान जोडबलका साथ लागेका छन् । यद्यपि उनी महानगरका कर्मचारीहरुसँग आफू प्रशासनमा जानै नचाहेको, राष्ट्रियसभागृहमै रमाएको भन्न पनि पछि पर्दैनन्, एक कर्मचारीले भने ।
विद्यासुन्दर शाक्य मेयर हुँदा महानगरपालिकाको जिन्सी प्रमुख थिए सुदर्शन भट्टराई र सेकेन्डम्यान थिए उनका साला सौरभ गौतम । जो अहिले कार्यवाहक मेयर डंगोलका निजी सचिव छन् । जिन्सीका हर्ताकर्ता त्यतिबेला छैटौं तहका कर्मचारी भट्टराईले महानगरको गाडी सुविधा उपयोग गर्दथे ।
भट्टराई जिन्सीमा करिब ७ बर्ष कार्यरत थिए । मेयर विद्यासुन्दर शाक्य र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीलाई खुसी पारी उनी जिन्सीमा रजगज गरी करोडौं रुपैयाँ आर्जन गर्न सफल भएका थिए । ज्ञवाली र भट्टराई प्रायः सधैं बिजुलीबजारमा रहेको चाइनीज रेष्टुरेन्टबाटै सबै सेटिङ गर्ने गरेका थिए । उनीबिरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धानमा उजुरी परेको थियो । तर, अख्तियारको उजुरी उनले तामेलीमा हाल्न सफल भएका छन् । अख्तियारको ३५ औं बार्षिक प्रतिवेदन–२०८२ मा उनको उजुरी तामेलीमा राखिएको उल्लेख छ ।
जिन्सी भनेको महानगरको भन्सार नै मानिन्छ । त्यहाँ खरिदमा करोडौं करोडको चलखेल हुने गर्दछ । भट्टराईको पालामा नियमित प्रक्रिया नपु¥याई करोडौं भुक्तानी हुने गरेको भन्दै अख्तियारमा उजुरी पनि परेका थिए ।
शक्ति केन्द्रमा फर्निचरदेखि विभिन्न सामानहरू यही जिन्सी शाखाबाट उपहारस्वरुप जाने गर्दथे । पूर्व प्रशासन प्रमुख ज्ञानेन्द्रबहादुर कार्कीले जिन्सीबाट बिल भुक्तानी हुनेगरी काठमाडौंमा बनाएका आफ्ना घरहरूमा मात्र होइन, नातागोताका घरमा समेत कार्पेटदेखि फर्निचर महानगरकै बजेट खर्च गरेर पु¥याउने गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि परेको थियो ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीका प्रमुख विश्वासपात्र सुदर्शन भट्टराईलाई तत्कालीन मेयर शाक्यले पनि अति नै पुल्पुल्याएर राखेका थिए । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले उनलाई सरुवा गर्न खोज्दा मेयर शाक्यले नै रोकेका थिए ।
भट्टराईलाई प्रशासनमा लानका लागि मेयर डंगोलका अघोषित सल्लाहकार डा. अजयक्रान्ति शाक्य पनि लागेका छन् । शाक्य काठमाडौं ९ नम्बर क्षेत्रबाट निर्वाचनमा पराजय भएपछि नयाँ प्रधानमन्त्री वालेन्द्र शाहसम्म पुग्न सम्पर्क सूत्रको खोजीमा रहेको स्रोतको दाबी छ ।
पूर्वप्रधानमन्त्री केपी ओलीको शासनमा मनग्ये लाभ लिनेमध्येका पर्दछन् शाक्य र उनको परिवार । भट्टराईलाई प्रशासनमा सरुवा गरिएपछि उनका साला सौरभ गौतम भने जिन्सीमा आफ्नो सरुवा गराउने तारतम्य मिलाउँदैआएका छन् । पहिला भट्टराई र गौतम सालाभेना जिन्सीमा बसेर कुस्त कमाएका थिए । कार्यबाहक मेयरको सचिवालयमा रहेका गौतमले महानगरका बिभागीय प्रमुखहरुकै बीचमा एक अर्काका कुरा लगाउने र फाटो ल्याउने भूमिका खेल्ने गरेको आरोप छ ।
कार्यबाहक मेयर डंगोलको सचिवालय प्रमुख बसन्त आचार्य छन् भने उनीमातहत सन्तु श्रेष्ठ रहेकी छन् । तर, उनीहरु दुबैको भन्दा बढी विश्वास डंगोलले सौरभ गौतमलाई गर्दैआएकी छन् । जसले गर्दा कामको तालमेल नै मिल्न नसकेको महानगर स्रोत बताउँछ ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जन गरी कानुनी राजमा खलल पुर्याउनेहरुलाई कारबाही गर्नका लागि स्थापित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक निर्मल ढकालले एक विवादित नायबसुब्बाको...
काठमाडौँ। आज संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतका विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार आज अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend