गौर । रौतहटको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएपछि पनि उनले उक्त नगरपालिकामा मेयर र उपमेयरबीच एकापसमा कुरा लगाएर नगरपालिकामा अनियमितता गरिरहेका छन् ।
बिशेष गरी मेयर र उपमेयरलाई एकका बिरुद्ध अर्कालाई उचालेर उनले नगरपालिकको स्रोत साधनको दोहन गरिरहेको आरोप छ । मेयर र उपमेयर अलग अलग पार्टीका भएकाले प्रशासकीय अधिकृत न्यौपानेले एकआपसमा विवाद गराउन सफल भएका छन् ।
मेयर एमालेका कन्थमतीप्रसाद कलवार छन् भने उपमेयरमा नेपाली कांग्रेसकी पुनमकुमारी चौधरी छन् । न्यौपानेले बिशेषगरी उपमेयरलाई उचालेर नगरमा मेयरलाई अप्ठेरोमा पार्दैआएका छन् । न्यौपानेको काम नै मेयर उपमेयरबीच बैमनस्य गरेर फाइदा लिने हुँदैआएको छ ।
यसअघि भजनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा उनले मेयर र उपमेयरलाई यसैगरी उचालेर आफूले फाइदा लिएका थिए । भजनी नगरपालिकामै हुँदा उनले गरेको अनियमितताको बिषयमा अख्तियारले उनलाई बयानका लागि बोलाएको हो ।
२०८२ चैत १० गते बयानका लागि उपस्थित हुन उनलाई पत्र काटिएको छ । अख्तियारको पत्रमा भजनी नगर कार्यपालिकाको कार्यालयबाट भजनी कर्मचारी प्रोत्साहन कार्यबिधि २०८१ बमोजिम पुरस्कार बितरण सम्बन्धी केही बुझ्नुपर्ने भएकाले १० दिनभित्र बयानका लागि उपस्थित भई सहयोग गर्न अनुरोध गरिएको छ ।
बयानमा बोलाएपछि पनि अख्तियारमा समेत आफ्नो च्यानल छ भन्दै मिलाउन लागेका छन् । उनलाई बयानका लागि पत्र काटिसकेपछि पनि उनी राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुमार्फत् मिलाउन काठमाडौंमै बसी दौडधूपमा लागेका छन् ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend