सञ्जय मिश्रा
रौतहट । बैदेशिक रोजगारीमा गएको बेला साउदी अरबमा मृत्यु भएका रौतहटको मध्यभाग गरुडा नगरपालिका ६ का स्वर्गीय मिस्टर लेहेरिको परिवार लाई १० लाख रुपैयाँ सहयोग भएको छ।
गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले मृतक लहेरीको श्रीमती हिरजा खातुनलाई वैदेशिक रोजगार बोर्डबाट प्राप्त भएको १० लाख रुपैयाँको सहयोग रकम चेक हस्तान्तरण गरेका हुन्।
श्रम स्वीकृतिको म्याद सकेर एक वर्ष भित्र मृत्यु भएका लहेरीको क्षतिपूर्ति रकम पाउने ब्यवस्था अनुसार उनको परिवारले मात्र १० लाख रुपैयाँ पाएको मेयर जैसवालले बताएका छन्।
बीमाको म्याद नसकेको भए बैदेशिक रोजगार बोर्डबाट थप रु १४ लाख गरी कुल २४ लाख रुपैयाँ पाउन नसकिने व्यवस्था रहेको जनाईएको छ।
लहेरीको परिवारलाई गरुडा नगरपालिकाबाट आवश्यक सहयोग गरिने मेयर जैसवालले प्रतिबद्धता व्यक्त गरेका छन्। बैदेशिक रोजगारीमा गएका लहेरीको साउदी अरेबियामा २०८१ साल पुस २२ मा मृत्यु भएको पीडित परिवारले जनाएको छ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend