Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दीपक भट्टका ब्यापारीक साझेदार शंकर अग्रवाल पक्राउ


    शनिबार, चैत्र २१ २०८२
    375
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ब्यवसायी दीपक भट्टका ब्यवसायिक साझेदार शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् ।

    सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

    अध्यागमन बिभागले २ दिनअघि उनको राहदानी पनि रोक्का गरेको छ ।

    अग्रवाल शुक्रबार दिउँसै पक्राउ परेका हुन् । अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले दिउँसो ४ बजेबाट बयान लिएर अहिले राति नेपाल प्रहरीको जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।

    अग्रवालका जगदम्बा ग्रुप, हिल्टन होटल र हिमालयन पुनर्वीमा कम्पनीमा दीपक भट्ट साझेदार छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार