वालेन्द्र शाह र बिक्रम तिमल्सिना
काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकार गठन भएको एक साता नबित्दै मिडियामाथि प्रहार सुरु गरेको छ । सरकारले सरकारी विज्ञापन सबै सरकारी संचारमाध्यम गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमा मात्र दिनुपर्ने निर्देशन संघीय सरकारका निकाय, स्थानीय तह र प्रदेश सरकारका निकायलाई दिएको छ ।
संचार तथा सूचना प्रबिधि मन्त्रालयले बुधबार यस्तो निर्देशन दिएको हो । सरकारी सञ्चार माध्यममा मात्र सूचना वा विज्ञापन प्रकाशित गर्ने संचार मन्त्रालयको निर्णयको पत्रकार महासंघले बिरोध गरेको छ ।
संचार मन्त्री बिक्रम तिमल्सिनाले सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चार माध्यमहरूको प्रवद्र्धन गर्नका लागि भनेर सचिवस्तरीय निर्णय गरी रोक लगाएका छन् ।
महासंघकी सभापति निर्मला शर्माले दुईतिहाई सरकारको पहिलो प्रहार मिडियामाथि र प्रेस तथा अभिव्यक्ति स्वतंत्रतामाथि अंकुश लगाउने देखिएको बताएकी छन् । यो निर्णयको भत्र्सना गर्दै महासंघ देशव्यापी आन्दोलन गर्ने उनको भनाइ छ । नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले निजी सञ्चार माध्यमहरूको लोकतन्त्रका ल्याउनका लागि ठुलो भूमिका रहेकाले सरकारी निर्णय सच्याउनु जरुरी रहेको बताइन् । यो निर्णयविरुद्ध महासंघ देशव्यापी आन्दोलन गर्छ । यसको नेपाल पत्रकार महासंघले घोर भत्र्सना गर्छ !
महासंघकी अध्य शर्माले सामाजिक संजालमा लखेकी छन्–दुईतिहाई सरकारको पहिलो प्रहार मिडियामाथि र प्रेस तथा अभिव्यक्ति स्वतंत्रतामाथि अंकुश लगाउने मनसाय देखियो ! निजी सञ्चार माध्यममाथि सरकारी बिज्ञापन रोकेर प्रहार गरेको छ ! हामी संग सामान्य छलफल पनि भएको छैन ! यो खालको निर्णय लोकतन्त्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता अंकुश लगाउने षड्यंत्र हो ।
नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। निजी सञ्चार माध्यमहरूको लोकतन्त्रका ल्याउनका लागि ठूलो भूमिका छ र थियो !! सरकारी निर्णय सच्याउनु जरुरी छ ! ये निर्णयविरुद्ध महासंघ देशव्यापी आन्दोलन गर्छ ! यसको नेपाल पत्रकार महासंघले घोर भत्र्सना गर्छ !
यस्तो छ सरकारी निर्णय

हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend