Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्रोत नखुलेको २० लाख रुपैयाँ भन्दा बढी रकमसहित एक पक्राउ


    शुक्रबार, चैत्र ६ २०८२
    455
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बीरगंज । चैत ६ गते बिहान पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँ भन्दा बढी रकमसहित एक ब्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बीरगंज महानगरपालिका– १६ भन्सार मेनगेटबाट सीमा सुरक्षा गुल्म बीरगंजले सोही महानगरपालिका–१७ बस्ने ५० बर्षका बिनयशंकर साहलाई नियन्त्रणमा लिएको हो ।

    भारतबाट बिआर ०५ बिके ८६०३ नम्बरको मोटर्साइकलमा आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्यूरोको सुचनाको आधारमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभरभित्र प्लास्टिकमा प्याक गरेर ल्याउँदै गरेको अवस्थामा स्रोत नखुलेको नगदसहित नियन्त्रणमा लिइएको हो ।

    उनको साथबाट नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय ६ सय रुपैयाँसमेत बरामद भएको छ । नियन्त्रणमा लिइएका ब्यक्तिलाई बरादम रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बीरगंजमा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार