एजेन्सी । इजरायलले इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनीलाई खोजेर मार्ने धम्की दिएको छ । इजरायलको रक्षा बलले उक्त धम्की दिएको हो ।
मंगलबार पत्रकारहरूसँग कुरा गर्दै सैन्य प्रवक्ता एफी डेफ्रिनले यस्तो धम्की दिएका हुन । उनले मुजतबासहित इजरायलका लागि ुखतराु बन्ने जोकोहीलाई पनि निशाना बनाउने घोषणा गरे ।
सर्वोच्च नेताको पदभार ग्रहण गरेदेखि नै सार्वजनिक रूपमा नदेखिएका खामेनीको अवस्थाबारे सोधिएको प्रश्नमा डेफ्रिनले यसबारे आफूहरूलाई आधिकारिक जानकारी नभएको बताए ।
उनले भने–‘ुहामी यतिमात्र भन्न सक्छौँ कि इजरायललाई धम्की दिने जोकोहीलाई हामी पछ्याउनेछौँ । जसले इजरायलविरुद्ध हात उठाउँछ, उनीहरू हामीबाट बच्नसक्ने छैनन्, हामी उनीहरूलाई खोज्नेछौँ र निष्क्रिय पार्नेछौँ ।’
इजरायली सेनाले इरानको अर्धसैनिक बल बसिजका सदस्यहरूलाई पनि निरन्तर निसानामा राख्ने बताएको छ । ुहामी सबैको नजिक पुग्नेछौँ, चाहे त्यो जहाँसुकै र जतिबेलै किन नहोस्, प्रवक्ता डेफ्रिनले थपे ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend