सूर्यबहादुर तामाङ, धनेन्द्र कार्की र किशोरी साह
काठमाडौं । फागुन २१ मा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विजयी भएका सांसदहरु कालोसूचीमा परेका तथ्यहरु सार्वजनिक हुन थालेका छन् । रास्वपाले धनुषा १ मा उम्मेदवार बनाएका किशोरी साह कालोसूचीमा परेको उजुरीपछि चुनावअघि नै निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।
निर्वाचन परिणाम घोषणापछि सिन्धुली १ बाट निर्वाचित रास्वपा सांसद धनेन्द्र कार्की कालोसूचीमा परेको समाचार सार्वजनिक भएको छ । कार्कीपछि उदयपुर क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित (रास्वपा) का सांसद सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य बाहिरिएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार तामाङ १४ हजार ८०२ मत प्राप्त गर्दै सांसदमा विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ र नेपाली कांग्रेसका उम्मेदवार रामकुमार राईले ७ हजार २९० मत पाएका थिए । निर्वाचन जितिसकेपछि तामाङको कालोसूची प्रकरण बाहिर आएको छ ।
कर्जा सूचना केन्द्रले सार्वजनिक गरेको विवरणअनुसार तामाङ संलग्न कम्पनी मकालु कान्जिरुवा अटो लिंक प्रालि बारम्बार चेक बाउन्स प्रकरणमा मुछिएको छ । सोही कारण कम्पनी र त्यसका सञ्चालकहरूलाई विभिन्न समयमा कालोसूचीमा राखिएको उल्लेख छ । केन्द्रको अभिलेखअनुसार उक्त कम्पनीको नाम कालोसूचीको नम्बर १०१,५१४ मा रहेको छ । जहाँ सञ्चालकका रूपमा लीला राई र सूर्यबहादुर तामाङ दुवैको नाम उल्लेख गरिएको छ ।
त्यसैगरी, रास्वपाबाटै निर्वाचित सिन्धुली निर्वाचन क्षेत्र नं. १ का सांसद धनेन्द्र कार्की कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवारी दर्ता गरेपछि उनी कालोसूचीमा परेका हुन् ।
कर्जा सूचना केन्द्रको कालोसूचीमा उनको नाम ४ ठाउँमा छ । उनी गत माघ १९ गते पहिलोपल्ट कालोसूचीमा परेका थिए । त्यसपछि माघ २९ गते २ पल्ट र फागुन १५ गते पुनः कालोसूचीमा परेको देखिन्छ ।
आईसीएफसी फाइनान्सको उनको नाममा रहेको खातामा पर्याप्त पैसा नभएका कारण उनी कालोसूचीमा परेका हुन । उनले काटेको चेक बाउन्स भएको थियो । फागुन १५ गते कालोसूचीमा परेको विषय बिजु मल्टिपर्पस सहकारीसँग सम्बन्धित छ । उनी सहकारीको संस्थापक निर्देशक रहेका कारण कालोसूचीमा परेका हुन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend