काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचनमा करिब दुईतिहाई बहुमत प्राप्त गरेपछि बिभिन्न देशका सरकार प्रमुखले उक्त पार्टीका सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र साहलाई बधाइ दिन थालेका छन् ।
यसैक्रममा पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई टेलिफोन गरी हालैको आम निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन् ।
शरीफले रास्वपाले हासिल गरेको उल्लेखनीय चुनावी सफलतालाई नेपाली जनताले नयाँ, ऊर्जाशील र गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रतीक भएको बताएका छन् ।
पाकिस्तानी प्रधानमन्त्रीको बधाई सन्देशमा नेपाल–पाकिस्तानबीचको ऐतिहासिक मित्रता, आपसी सम्मान र सहकार्यलाई अझ मजबुत बनाउँदै अगाडि बढ्न आफूहरू इच्छुक रहेको उल्लेख गरिएको पाकिस्तानी राजदूतावासले जनाएको छ ।
शरीफले नवनिर्वाचित नेपाली सरकारसँग नजिकबाट सहकार्य गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन पाकिस्तान तयार रहेको सन्देशसमेत दिएका छन् ।
यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टेलिफोनमार्फत लामिछाने र बालेनलाई चुनावी सफलताका लागि बधाई तथा शुभकामना दिएका थिए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend