काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले भावी अर्थमन्त्रीका रुपमा अगाडि सारेका डा. स्वर्णिम वाग्लेले गाडी आयातमा लाग्दैआएको ३ सय प्रतिशत भन्सार कर हटाउने घोषणा गरेपछि त्यसलाई लिएपछि उनको भनाइलाई लिएर बिभिन्न क्रिया–प्रतिक्रिया आइरहेका छन् ।
अधिवक्ता अमृत खरेलले त गाडीमा लाग्दैआएको भन्सार कर हटाउने डा. वाग्लेको अभिब्यक्ति सत्य हो भने उक्त पार्टीले आफ्नो बर्गको अर्थात् नवधनाढ्यहरु र अभिजात वर्गको सेवा सुरु गरिसकेको छनकका रुपमा लिनुपर्ने बताएका छन् ।
रास्वपाले अत्यावश्यक औषधी र दूधको मूल्य, अत्यावश्यक वस्तुको मूल्य घटाउन चासो राख्ने नै होइन, सार्वजनिक यातायात गुणस्तरीय सस्तो सुलभ त बनाउने नै होइन,निजी गाडीको मूल्य पो घटाउने हो त भनेर खरेलले ब्यंग्य गरेका छन् । उनले पार्टीमात्र त नयाँ हो, नवउदारवादी बजार उपभोक्तावादी नीति त पुरानै हो नि भन्दै खरेलले डा. वाग्लेलाई पनि डा. रामशरण महतकै नयाँ भेरियन्टको सज्ञा दिएका छन् ।
खरेल सामाजिक संजालमा लेख्छन्–‘स्वर्णिम वाग्लेजीले गाडीमा लाग्दै आएको भन्सार घटाउने भन्ने अभिव्यक्ति दिएको खबर सत्य हो भने यो पार्टीले आफ्नो वर्गको अर्थात् नवधनाढ्यहरू र अभिजातहरूको सेवा सुरु गरिसकेको छनक भन्नुपर्यो ।
पार्टी मात्र त नयाँ हो नवउदारवादी बजार उपभोक्तावादी नीति त पूरानै हो नि ।
राम शरण महतजीकै उहाँ नयाँ भेरियन्ट न हो ।
यसले अत्यावश्यक औषधी र दूधको मूल्य, अत्यावश्यक वस्तुको मूल्य घटाउन चासो राख्ने नै होइन, सार्वजनिक यातायात गुणस्तरीय सस्तो सुलभ त बनाउने नै होइन, निजी गाडीको मूल्य पो घटाउने हो त ।’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend