काठमाडौं । सशस्त्र प्रहरी बलमा अवकाशको मुखमा पुगेका २ डीआईजीको म्याद थप गर्ने चलखेल भइरहेको छ ।
डीआईजीहरु लक्ष्मणबहादुर सिंह, प्रदीप पाल, डा. रुपक महर्जन र सन्दीप थापा आगामी २०८२ चैत ५ गते ४ बर्षे पदावधिका कारण अवकाश हुँदैछन् । डीआईजी भएको चार बर्ष अवधि पूरा भएकाले उनीहरु अवकाशमा जान लागेका हुन् । चारमध्ये इन्फेन्ट्रीतर्फका २ डीआईजी लक्ष्मणबहादुर सिंह र प्रदीप पालको म्यादथप गर्न लागिएको छ ।
अवकाश हुन अब करिब १० दिनमात्रै बाँकी रहेका दुई डीआईजीको म्याद थप्ने तयारी भइरहेको खबर बाहिरिएपछि संगठनभित्र असन्तुष्टि बढेको छ ।
सरकारले चाहेमा उनीहरुको पदावधि १ बर्ष थप गर्नसक्छ । २ डीआईजीको १ बर्ष पदावधि थप गर्न सशस्त्र प्रहरी बलले २०८२ फागुन ५ गते नै गृहमन्त्रालयमा सिफारिस गरेको थियो । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ कै (ग) को (२) उपनियम अनुसार पदावधि थप गर्नका लागि गृहमन्त्रालयमा सिफारिस गरिसकेको छ ।
सशस्त्र प्रहरी बलले सिफारिस गरिसकेको भए पनि फागुन ११ र ४ गते बसेको मन्त्रिपरिषद बैठकले पनि उनीहरुको पदावधि थप गर्ने निर्णय गरेन । फागुन १८ गते पनि मन्त्रिपरिषद् बैठकले पनि उनीहरुको म्यादथप गरेन । निर्वाचनपछि पुनः म्यादथप गर्नका लागि सशस्त्रले गृहमन्त्रालयमार्फत् लबिङ गरिरहेको छ ।
डीआईजीको पदावधि थप गर्न आईजीपी राजु अर्यालले पनि चासो राखेका छन् । डीआईजी लक्ष्मणबहादुर सिंह गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठमार्फत् म्यादथप गर्ने लबिङमा लागिरहेका छन् । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको निर्मम हत्या हुँदा लक्ष्मणबहादुर सिंह सशस्त्रका एसपी थिए भने प्रमुख जिल्ला अधिकारी हालका गृहसचिव राजकुमार श्रेष्ठ थिए । कैलाली र अर्को जिल्लामा समेत सचिव श्रेष्ठ र डीआइजी सिंह कार्यरत रहेका थिए । त्यही सम्बन्धका आधारमा डीआईजी सिंहले गृहसचिवमार्फत् पदावधि थप गर्न लागिरहेका छन् ।
अर्का डीआईजी प्रदीप पाललाई गएको बैशाखमा ७ महिनामै लुम्बिनी प्रदेशको बिन्दबासिनी बाहिनीबाट बैद्यनाथ बाहिनी सुदूरपश्चिम पु¥याइएको थियो । शेरबहादुर देउवाका भतिजा भानु देउवाका बहिनीज्वाइँ दीपेन्द्र कुँवरलाई बिन्दबासिनी बाहिनीमा सरुवा गरी पाललाई सुदूरपश्चिमतिर लखटिएको थियो ।
म्यादथप गर्न लागिएका डीआईजीद्वय लक्ष्मणबहादुर सिंह र प्रदीप पाल दुवैले सुरुवातमा नेपाल प्रहरीको प्राविधिक सेवाबाट करिअर सुरु गरेका थिए । उनीहरू २०५४ चैत १८ गते प्राविधिक सई (कम्प्युटर अपरेटर) पदमा सेवा प्रवेश गरेका थिए । पछि सशस्त्र प्रहरी बल गठन भएपछि उनीहरू त्यही संगठनमा प्रवेश गरेर बढुवा हुँदै डीआईजीसम्म पुगेका हुन् ।
संगठनका धेरै कतिपय अधिकृतहरू उनीहरूको पदावधि थप्ने प्रस्तावप्रति असन्तुष्ट छन् । उनीहरूका अनुसार प्राविधिकतर्फबाट प्रवेश गरेका अधिकृतहरूले साधारण समूहतर्फका अधिकृतले जस्तो कठिन आधारभूत तालिम नलिएको हुँदा उनीहरूको पदावधि थप्दा संगठनको करिअर संरचनामा नकारात्मक असर पर्न सक्छ । सशस्त्र प्रहरीका प्राविधिक गणपतिको सुरक्षा कमजोरीकै कारण टीकापुरमा ७ प्रहरीको ज्यान गएको थियो ।
सशस्त्रमा प्रायः डीआईजीको बर्षे कार्यकाल पूरा भएपछि नियमावली अनुसार १ बर्ष थप भएको छ । तर प्रवीणकुमार श्रेष्ठको मात्र पदावधि नभई उनी अवकाशमा गएका थिए । उनको पदावधि थप भएको भए शैलेन्द्र खनालपछि पुष्पराम केसी छोटो समय आईजीपी हुन्थे । त्यसपछि प्रवीणकुमार श्रेष्ठ हुने पक्का थियो ।
४ महिनाअघि २०८१ पुसमा गणेश ठाडामगर, कमल गिरी, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङसहितका ४ डीआईजीको अवकाश हुने अन्तिम दिन १ बर्ष थप भएको थियो ।
यसैबीच, १ बर्ष पदावधि थप भएका ३ डीआईजी ५ बर्षे कार्यकाल पूरा गरी गएको पुसमा बिदा भएका छन् । उनीहरुसँगै पदावधि थप भएका गणेश ठाडामगर एआईजीमा बढुवा भई आईजीपीको लाइनमा छन् । ३ डीआईजी अवकाश भएपछि रिक्त पदमा बढुवा भएको छैन ।
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend