काठमाडौं । सशस्त्र प्रहरी बलमा अवकाशको मुखमा पुगेका २ डीआईजीको म्याद थप गर्ने चलखेल भइरहेको छ ।
डीआईजीहरु लक्ष्मणबहादुर सिंह, प्रदीप पाल, डा. रुपक महर्जन र सन्दीप थापा आगामी २०८२ चैत ५ गते ४ बर्षे पदावधिका कारण अवकाश हुँदैछन् । डीआईजी भएको चार बर्ष अवधि पूरा भएकाले उनीहरु अवकाशमा जान लागेका हुन् । चारमध्ये इन्फेन्ट्रीतर्फका २ डीआईजी लक्ष्मणबहादुर सिंह र प्रदीप पालको म्यादथप गर्न लागिएको छ ।
अवकाश हुन अब करिब १० दिनमात्रै बाँकी रहेका दुई डीआईजीको म्याद थप्ने तयारी भइरहेको खबर बाहिरिएपछि संगठनभित्र असन्तुष्टि बढेको छ ।
सरकारले चाहेमा उनीहरुको पदावधि १ बर्ष थप गर्नसक्छ । २ डीआईजीको १ बर्ष पदावधि थप गर्न सशस्त्र प्रहरी बलले २०८२ फागुन ५ गते नै गृहमन्त्रालयमा सिफारिस गरेको थियो । सशस्त्र प्रहरी नियमावली २०७२ को दफा ६५ कै (ग) को (२) उपनियम अनुसार पदावधि थप गर्नका लागि गृहमन्त्रालयमा सिफारिस गरिसकेको छ ।
सशस्त्र प्रहरी बलले सिफारिस गरिसकेको भए पनि फागुन ११ र ४ गते बसेको मन्त्रिपरिषद बैठकले पनि उनीहरुको पदावधि थप गर्ने निर्णय गरेन । फागुन १८ गते पनि मन्त्रिपरिषद् बैठकले पनि उनीहरुको म्यादथप गरेन । निर्वाचनपछि पुनः म्यादथप गर्नका लागि सशस्त्रले गृहमन्त्रालयमार्फत् लबिङ गरिरहेको छ ।
डीआईजीको पदावधि थप गर्न आईजीपी राजु अर्यालले पनि चासो राखेका छन् । डीआईजी लक्ष्मणबहादुर सिंह गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठमार्फत् म्यादथप गर्ने लबिङमा लागिरहेका छन् । कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालकको निर्मम हत्या हुँदा लक्ष्मणबहादुर सिंह सशस्त्रका एसपी थिए भने प्रमुख जिल्ला अधिकारी हालका गृहसचिव राजकुमार श्रेष्ठ थिए । कैलाली र अर्को जिल्लामा समेत सचिव श्रेष्ठ र डीआइजी सिंह कार्यरत रहेका थिए । त्यही सम्बन्धका आधारमा डीआईजी सिंहले गृहसचिवमार्फत् पदावधि थप गर्न लागिरहेका छन् ।
अर्का डीआईजी प्रदीप पाललाई गएको बैशाखमा ७ महिनामै लुम्बिनी प्रदेशको बिन्दबासिनी बाहिनीबाट बैद्यनाथ बाहिनी सुदूरपश्चिम पु¥याइएको थियो । शेरबहादुर देउवाका भतिजा भानु देउवाका बहिनीज्वाइँ दीपेन्द्र कुँवरलाई बिन्दबासिनी बाहिनीमा सरुवा गरी पाललाई सुदूरपश्चिमतिर लखटिएको थियो ।
म्यादथप गर्न लागिएका डीआईजीद्वय लक्ष्मणबहादुर सिंह र प्रदीप पाल दुवैले सुरुवातमा नेपाल प्रहरीको प्राविधिक सेवाबाट करिअर सुरु गरेका थिए । उनीहरू २०५४ चैत १८ गते प्राविधिक सई (कम्प्युटर अपरेटर) पदमा सेवा प्रवेश गरेका थिए । पछि सशस्त्र प्रहरी बल गठन भएपछि उनीहरू त्यही संगठनमा प्रवेश गरेर बढुवा हुँदै डीआईजीसम्म पुगेका हुन् ।
संगठनका धेरै कतिपय अधिकृतहरू उनीहरूको पदावधि थप्ने प्रस्तावप्रति असन्तुष्ट छन् । उनीहरूका अनुसार प्राविधिकतर्फबाट प्रवेश गरेका अधिकृतहरूले साधारण समूहतर्फका अधिकृतले जस्तो कठिन आधारभूत तालिम नलिएको हुँदा उनीहरूको पदावधि थप्दा संगठनको करिअर संरचनामा नकारात्मक असर पर्न सक्छ । सशस्त्र प्रहरीका प्राविधिक गणपतिको सुरक्षा कमजोरीकै कारण टीकापुरमा ७ प्रहरीको ज्यान गएको थियो ।
सशस्त्रमा प्रायः डीआईजीको बर्षे कार्यकाल पूरा भएपछि नियमावली अनुसार १ बर्ष थप भएको छ । तर प्रवीणकुमार श्रेष्ठको मात्र पदावधि नभई उनी अवकाशमा गएका थिए । उनको पदावधि थप भएको भए शैलेन्द्र खनालपछि पुष्पराम केसी छोटो समय आईजीपी हुन्थे । त्यसपछि प्रवीणकुमार श्रेष्ठ हुने पक्का थियो ।
४ महिनाअघि २०८१ पुसमा गणेश ठाडामगर, कमल गिरी, शम्भु सुवेदी र कुलबहादुर नेम्वाङसहितका ४ डीआईजीको अवकाश हुने अन्तिम दिन १ बर्ष थप भएको थियो ।
यसैबीच, १ बर्ष पदावधि थप भएका ३ डीआईजी ५ बर्षे कार्यकाल पूरा गरी गएको पुसमा बिदा भएका छन् । उनीहरुसँगै पदावधि थप भएका गणेश ठाडामगर एआईजीमा बढुवा भई आईजीपीको लाइनमा छन् । ३ डीआईजी अवकाश भएपछि रिक्त पदमा बढुवा भएको छैन ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend