Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले मुस्ताङबाट खोल्यो खाता, योगेश गौचन ३ हजार ३०७ मतले बिजयी 


    शुक्रबार, फाल्गुन २२ २०८२
    230
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ । कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् ।

    उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् ।

    गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत पाउँदा अरू दल निकै कम अङ्कमा समेटिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार